आइतबार, जेठ ३१, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४६ पैसा र बिक्री दर १२८ रुपैयाँ ०६ पैसा कायम गरेको छ।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४६ पैसा र बिक्री दर १२८ रुपैयाँ ०६ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १२६ रुपैयाँ ६७ पैसा र बिक्री दर १२७ रुपैयाँ २७ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ ७३ पैसा र बिक्री दर १४७ रुपैयाँ ४२ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९४ पैसा र बिक्री दर १३० रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६७ पैसा र बिक्री दर ८७ रुपैयाँ ०७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४० पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०८ पैसा र बिक्री दर ९ रुपैयाँ १२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९१ पैसा र बिक्री दर ३४ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७० पैसा र बिक्री दर ३४ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ३० पैसा र बिक्री दर ९ रुपैयाँ ३५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Sep 06, 2022| 06:35 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्