बुधबार, जेठ २७, २०८३

अन्नपूर्ण पदमार्ग: यात्रा छोटियो तर घटेन सास्ती

विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु भएको छ।
 |  मंगलबार, भदौ २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २१, २०७९

मनाङ- नेपाल भित्रिने बाह्य पर्यटकको रोजाइमा हिमाली जिल्ला मनाङ पर्दछ। विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको १०औँ स्थानमा परेको मनाङको अन्नपूर्ण पदमार्गमा पर्यटक आउने अनुकूल समय अब सुरु भएको छ। 

National life

यहाँ आउने विश्वका पर्यटक यसै पदमार्गलाई गन्तव्य बनाएर आउने गर्दछन्। उनीहरू यो पदमार्गको यात्राका लागि लामो तालिकासहित आउँछन्। तर अहिले भने उनीहरूको यो तालिका फरक भएको छ। तय गरिएको तालिकाभन्दा पहिले नै यात्रा सकिने गरेको छ।

लमजुङको सदरमुकाम बेँसीसहरदेखि सुरु हुने पदमार्गको यात्रा छोटो समयमा पूरा गर्न सकिने भएको छ। अब बेँसीसहरबाट चामे–खाङ्सारसम्म यात्रालाई छोटो बनाउँदै जीपको माध्यममार्फत पुग्न सकिने र तोकिएको समयभन्दा छिटो नै यात्रा पूरा गर्न सकिनेगरी अन्नपूर्ण पदमार्गको यात्रा छोटिएको छ। काठमाडौँ वा पोखराबाट एकै दिनमा मनाङ पुगेर अन्नपूर्ण पदमार्गको यात्रा तय गर्न सकिने पर्यटकको भनाइ छ।   

विश्वका पर्यटकको रोजाइमा मनाङ ङिस्याङ गाउँपालिका–८ थोराङ्ला भञ्ज्याङ पर्दछ। विगतमा थोराङ्ला पार गर्न १८ दिन लाग्थ्यो। तर अहिले यो यात्रा सडक सञ्जाल विस्तारसँगै छोट्टिएको छ। मनाङ सडक सञ्जालसँग जोडिएसँगै पदमार्गको दूरी पनि घटेको हो। माथिल्लो मनाङ, खाङ्सारसम्म सवारीमार्फत सहजरुपमा एकै दिनमा पुग्नसक्ने भएपछि पदमार्गको यात्रा छोटिएको स्थानीय बताउँछन्।

अहिले माथिल्लो मनाङसम्म सवारीमा यात्रा गरेपछि तीन दिनमा थोराङ्ला पार गर्न सकिन्छ। यसरी यात्रा गर्दा लेक लाग्ने सम्भावना भने बढी हुने गरेको उनीहरू बताउँछन्। कम उचाइबाट एकसाथ आएका पर्यटक उच्च स्थानमा अक्सिजनको अभावले लेक लाग्ने गरेको उनीहरू बताउँछन्। यात्रा सहजरुपमा सक्ने लक्ष्यसहित बाह्य तथा आन्तरिक पर्यटक आउने गरेको स्थानीय बताउँछन्। 

Shivam cement

लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्लालाई एउटै मार्गले फूलको माला झैँ गरी जोडेको छ। यसै मार्गलाई गन्तव्य बनाएर आउने बाह्य पर्यटकले १८ दिनमा पूरा गर्ने पदमार्गको दूरी अहिले घटेको छ। सडक सञ्जालले जोडिएसँगै केही स्थानमा पर्ने यो पदमार्ग नै देखिँदैन। सडकले जोडिएकाले कतिपय मार्गमार्फत् हिँड्नुपर्ने अवस्था नै रहँदैन। 

कहीँ मोटरेवल सडक सञ्जालले पदमार्गमा हिँड्न अप्ठ्योरो पनि पर्ने गरेको छ। यसले गर्दा पनि पदमार्ग छोटिन थालेको हो। पदमार्गसँगै सडक सञ्जाल सञ्चालन हुँदा पदयात्रीले सास्ती भने बेहोर्नु परेको छ। यसले गर्दा पदयात्री सवारीको प्रयोग गर्न बाध्य भएका छन्। पदमार्ग र सडक सञ्जाल फरक भएमा मात्र पदयात्रीलाई सहज हुने पर्यटकको भनाइ छ। 

लामो तालिका बनाएर अन्नपूर्ण पदमार्गको यात्रामा आएकी फिनल्याण्डकी नागरिक निया भन्छिन्, 'सडक सञ्जाल विस्तार भएको राम्रो हो। पदमार्ग मासिनु हुँदैन। पदयात्रा गर्न आउने पर्यटकलाई साँघुरो सडक सञ्जाल त्यसैमाथि पदमार्ग जोडिदा यात्रा गर्न कठिन हुने रहेछ। यसलाई मनाङवासीले ध्यान पुर्‍याउँदै संरक्षण गर्नुपर्छ', नियाले भनिन्। 

पदमार्गमार्फत् हिँड्ने क्रममा सडकमा धुलो र हिलोले गर्दा सास्ती बेहोर्नु परेको उनको अनुभव छ। सडक र पदमार्गलाई फरक तवरबाट संरक्षण गर्न सकिएमा सहज हुने र यात्रीलाई पनि आनन्दले यात्रा गर्ने वातावरण बन्ने पर्यटकको भनाइ छ। मुस्ताङ जिल्लाबाट भने थोराङ्ला जाने केही तल्लो भागसम्म सडक सञ्जाल विस्तार गरिसकिएको छ। उता मनाङपट्टिको भागमा भने पदयात्रा गर्नुपर्ने अवस्था कायमै छ। मनाङतर्फभन्दा मुस्ताङले छिटो थोराङ्ला पुग्नसक्ने बनाएको छ। 

पदमार्गको केही स्थानमा बाढी र पहिराले क्षति पुर्‍याएकाले संरक्षण, मर्मत तथा नयाँ ट्र्याक निर्माण गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिए। 'हिमपातमा पनि पर्यटक आउँछन्। पर्यटकलाई सहज बनाउन एक सय मिटर दूरीमा खम्बा राखिएको छ। सडक सञ्जालको नजिक रहेका पदमार्गलाई सहज बनाउन स्थानीय तहसँग समन्वय गरी व्यवस्थापनको तयारीमा छौँ', गौतमले भने।  

पदमार्गमा फालिएका फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहहरूले ठाउँ–ठाउँमा खाल्डो बनाएको छ। यात्राका क्रममा पर्यटकलाई दिसापिसाब लाग्दा सहज होस् भनेर स्थानीय तहले मनाङका बस्तीबाहेकका क्षेत्रमा शौचालयको व्यवस्थापनसमेत गरेको छ। तिलिचो ताल, थोराङ्ला भञ्ज्याङलगायतका पर्यटकीय क्षेत्रमा शौचालयको व्यवस्थापन गरिएको छ। यस पदमार्गमा अनावश्यक फोहरमैला नहुने भएकाले त्यस क्षेत्रको जलवायु संरक्षण हुनेछ।  -रासस

प्रकाशित: Sep 06, 2022| 06:15 मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।