आइतबार, असोज ११, २०८३

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’

अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार २०७९’ प्रदान गरिएको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार २०७९’ प्रदान गरिएको छ। उपचारको क्रममा गत वर्ष निधन भएकी मोडल निशा घिमिरेको स्मृति कोषले सोमबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो। 

घिमिरेको उपचारमा ५० लाखभन्दा बढी खर्च गरेको नर्भिक इन्टरनेसनल अस्पतालकी निर्देशक मेघा चौधरी, निशाको उपचार सहयोग र कोषमा रकम सहयोगको लागी रकम जुटाउन सक्रिय पत्रकार प्रकाश सुवेदी र निशाको उद्धारमा संलग्न नवजीवन परोपकार समाजलाई सम्मान प्रदान गरिएको छ।

‘निशा घिमिरे स्मृति कोष’का संयोजक दुर्गानाथ दाहाल, नायिका भुवन थापा चन्द, अभिनेत्री मिथिला शर्मा बोहरालगायतको उपस्थितिमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। कोषका सदस्य सचिव मोहन निरौलाले मोडलिङमा संघर्ष गर्दा गर्दै दुर्घटनामा पनि सख्त घाइते भई उपचारको क्रममा निधन भएकी घिमिरेको स्मृतिमा स्थापित कोषले हरेक बर्ष पुरस्कार तथा सम्मान प्रदान गर्ने बताए। मोडलिगको क्षेत्रमा स्थापित हुन खोजिरहेका र सम्भावना बोकेका महिला कलाकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार दिइएको उनले बताए। पुरस्कारको राशी जनही रु. पच्चीस हजार रहेको छ।

कोषका संयोजक दुर्गानाथ दाहालले उपचारकै क्रममा निशाको निधन भएपछि उनको उपचारकै लागि भनेर उठेको रकमलाई नै स्मृति कोषमा जम्मा गरि त्यसबाट प्राप्त हुने ब्याजबाट पुरस्कार तथा सम्मान प्रदान गरेको बताए। उनले आफ्नो नेतृत्वमा रहेको नवजीवन परोपकार समाजले निशाजस्तै धेरैको उद्दार, उपचार तथा व्यबस्थापन गर्दै आएको बताए । मानिस मात्र नभएर समाजले दु:खमा परेका हरेक प्राणीको हेरचाह गर्ने उनले बताए।

कार्यक्रममा बोल्दै प्रथम नेपाली नायिका भुवन थापा चन्द र मिथिला शर्माले यस प्रकारका पुरस्कार तथा सम्मानहरुले कलाकारहरु प्रोत्साहित हुने भन्दै कार्यक्रमको प्रशंसा गरे।

प्रकाशित: Sep 05, 2022| 22:07 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।