शनिबार, मंसिर ६, २०८२

चितवन गोल्डकपको तयारी अन्तिम चरणमा

गोल्डकप विजेताले उपाधिसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

भरतपुर- भदौ २५ गतेदेखि सुरु हुने इसुजु चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक भरतपुर फुटबल क्लबले सोमबार पत्रकार सम्मेलन गरी गोल्डकपको तयारीबारे जानकारी दिएको हो।

National life

नारायणगढको क्याम्पा चौरमा असोज ३ गतेसम्म चल्ने गोल्डकपका लागि चार हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण भइरहेको संयोजक धुव्र भुसालले जानकारी दिए। 

गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुनेछन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। गोल्डकपको उद्घाटन खेलमा आयोजक भरतपुर फुटबल क्लब र मोतिहारी एफसी भिड्नेछन्। गोल्डकप विजेताले उपाधिसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ। 

प्रतियोगिता सम्पन्न गर्न ७० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। दर्शकका लागि सेमिफाइनलसम्म एक सय र सेमिफाइनल र फाइनलका लागि दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ। 

'यसलाई मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित गर्ने लक्ष्य छ। हामी त्यही अनुसार अघि बढिरहेका छौं,' भुसालले भने।

Laxmi sunrise bank
kumari

पत्रकार सम्मेलनमा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले ठूलो लगानीमा स्तरीय प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताए। 

प्रकाशित: Sep 05, 2022| 20:53 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।