आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्यटनमन्त्रीलाई लाइन बस्न आग्रह गर्दा थुनिएका सुरक्षागार्ड रिहा

पर्यटनमन्त्रीलाई लाइन बस्न आग्रह गर्दा थुनिएका सुरक्षागार्ड रिहा

गृहमन्त्री बालकृष्ण खाँणले उनलाई छाड्न भन्दै प्रजिअ रिजाललाई निर्देशन दिएका थिए।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा थुनामा परेका सुरक्षागार्ड शेरजंग गुरुङ रिहा भएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो। गृहमन्त्री बालकृष्ण खाणले उनलाई छाड्न भन्दै प्रजिअ रिजाललाई निर्देशन दिएका थिए। 

शुक्रबार पक्राउ परेका गुरुङलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति लिएको थियो। तर सुरक्षागार्डले कर्तव्य पालना गर्दा उल्टै थुनाएको भन्दै आलोचना भएको थियो।

ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्ड गुरुङले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गरेका थिए। तर मन्त्री श्रेष्ठले उनलाई थुनाएका थिए। 

गुरुङलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको थियो। उनीमाथि गाली बेइजतीको कसुरमा मुद्दा दायर गर्ने तयारी गरिएको थियो। 

प्रकाशित: Sep 05, 2022| 20:28 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।