शनिबार, जेठ २, २०८३

अस्पताल क्यान्टिनमै कुहिएको मासु र गलेका खानेकुरा

भक्तपुर नगरपालिकाले गरेको अनुगमनमा भक्तपुरका सरकारी तथा निजी अस्पतालहरुमा सञ्चालित क्यान्टिनले कुहिएका मासुदेखि सडेगलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

भक्तपुर– भक्तपुर नगरपालिकाले गरेको अनुगमनमा भक्तपुरका सरकारी तथा निजी अस्पतालहरुमा सञ्चालित क्यान्टिनले कुहिएका मासुदेखि सडेगलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ। 

National life

नगरपालिका अनुगमन समितिले आज गरेको अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालहरुको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताए। अनुगमनमा भक्तपुर अस्पतालमा सञ्चालित सदाबहार चमेना गृहमा फ्रिजमा बिग्रेर कुहिएको कुखुरा र राँगाको मासु राखेको पाइएपछि टोलीले नष्ट गरेको छ। त्यस्तै पाकेको र काँचो खाद्य वस्तुहरु एकै ठाउँमा राखेको, अखाद्य तेलमा पटक पटक खानेकुरा पकाएर प्रयोग गरिएको, भान्छा एकदमै फोहोर र गन्हाउने रहेको अवस्थामा भेटिएको छ।

त्यस्तै क्यान्सर अस्पतालको सुप्रिमु रेस्टुरेन्ट एण्ड मःमः हाउसले म्याद नाघेका चामललगायतका खाद्य सामग्री प्रयोग गरेको, भान्छा कोठा धुवाँ र तेलले कालो खार र फोहोर बनाएको, चिम्नीको व्यवस्था नगरेको र पसल दर्ता नगरेको पाइएको छ। 

सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र अस्पतालमा सञ्चालित गुडविल रेस्टुरेन्ट एन्ड क्यान्टिनमा भान्छाको भुइँभित्ता फोहोर भएको, फोहोरको व्यवस्थित निकास नभएको, दर्ता प्रमाणपत्र पसलमा नभएको पाइएपछि टोलीले दर्ता प्रमाणपत्र लिएर वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको अनुगमन समितिका सदस्य रामप्रसाद प्रजापतिले जानकारी दिए।

त्यस्तै इवामुरा अस्पतालमा रहेको सुनिता खाजा घरमा भान्छामा फोहोर रहेको, मूल्यसूची नराखेको, फ्रिजमा खाद्य वस्तुहरु, जुस र आइसक्रिमसँगै राखेको, विगत १० वर्षदेखि पसल दर्ताबिना नै सञ्चालनमा रहेकोले तीन दिनभित्र वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको उनले बताए।

टोलीले सबै अस्पतालका कामदारहरुले एप्रोन, मास्क, पञ्जा, हेयरनेट प्रयोग गर्न, भान्छा सफा एवं व्यवस्थित गरी ग्यास सुरक्षित राख्न र तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको प्रजापतिले जानकारी दिए।

प्रकाशित: Sep 05, 2022| 20:11 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।