शनिबार, मंसिर ६, २०८२

केन्याविरुद्ध क्लिनस्विप, नेपालले जित्यो दुवै सिरिज

नेपालले केन्याविरुद्धका दुवै सिरिजमा नेपाल विजयी भएको छ। नेपालले यसअघि पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज पनि नेपालले जितेको थियो। यसमा तीन खेल जितेको नेपाल दुई खेलमा भने पराजित भएको थियो।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- नेपालले घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ। सोमबार भएको अन्तिम खेलमा समेत ६ विकेटको जित नियकालेपनि नेपालले क्लिन स्विप गरेको हो। 

National life

नेपालले केन्याविरुद्धका दुवै सिरिजमा नेपाल विजयी भएको छ। नेपालले यसअघि ५ खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज पनि नेपालले जितेको थियो। यसमा तीन खेल जितेको नेपाल दुई खेलमा भने पराजित भएको थियो। 

पछिल्लो खेलमा केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको थियो। नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको थियो। 

नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले। अर्जुनले ५८ तथा आसिफले ५६ रन बनाए। वसिर ५२ रनमा अविजित रहे । यस्तै कप्तान रोहित पौडेलले अविजित रहदै ४६ रन बनाए। ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट भए भने देव खनालले एक रन मात्र बनाए। केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १/१ विकेट लिएका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो। केन्याका कोलिन्स अबुयाले ८४ रन जोडे। लुकास एनडानडासन ५९ रन, सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए। कप्तान शेम एनगोचेले १७ रनमा आउट भएका थिए। नेपालका सोमपाल कामी र आदील अन्सारीले २/२ विकेट लिएका थिए। वसिर अहमद र शाहब आलमले १/१ विकेट लिए।

Laxmi sunrise bank
kumari

सिरिज अन्तर्गतकै पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो। यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो।

प्रकाशित: Sep 05, 2022| 20:07 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।