शुक्रबार, भदौ ५, २०८३

केन्दीय कमिटीअघि एमाले स्थायी कमिटी बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सुरू भएको छ। केन्द्रीय कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको हो।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सुरू भएको छ। केन्द्रीय कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको हो।

केन्द्रीय कमिटीको बैठकमा पेश गरिने प्रस्तावलाई बैठकले अनुमोदन गर्ने बताइएको छ। दिउँसो ३ बजे केन्द्रीय कमिटीको बैठक बस्दैछ। आजको केन्द्रीय कमिटी बैठकमा विधान संशोधनका लागि बनेको समितिले तयार पारेको प्रस्तावमा छलफल हुने कार्यतालिका छ। 

नेकपा एमालेको एकता प्रक्रिया नटुंगिएकै अवस्थामा संस्थापन पक्षले पार्टी कमिटीका बैठक र गतिविधि अगाडि बढाएको हो। असन्तुष्ट माधव नेपाल पक्षले बैठक र गतिविधि रोक्नुपर्ने माग राखे पनि संस्थापन पक्षले भने एकताको बाँकी प्रक्रिया र पार्टीका गतिविधि एकसाथ नै अगाडि बढ्ने भन्दै अघि बढिरहेको छ। 

केही दिनघि असन्तुष्ट पक्षको केन्द्रीय कमिटीको बैठकले तत्काल संस्थापन पक्षले अघि बढाएका बैठक र गतिविधि रोक्नुपर्ने माग राखेको थियो। संस्थापन पक्ष कसरी अगाडि बढ्छ, त्यसै आधारमा आफ्नो रणनीति बनाउने असन्तुष्ट पक्षको तयारी छ। 

आइतबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक रोक्न सहमत भएको संस्थापन पक्षले आजको बैठकलाई भने निरन्तरता दिएको हो। हिजो दिनभर दुवै पक्षका नेताहरू छलफलमा भए पनि कुनै ठोस निष्कर्ष भने निस्कन सकेन।

प्रकाशित: Aug 09, 2021| 12:29 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...