आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वाणिज्य बैंकहरूमा बढ्न थाल्यो निक्षेप, एक हप्तामा ११ अर्ब ३० करोड

वाणिज्य बैंकहरूमा बढ्न थाल्यो निक्षेप, एक हप्तामा ११ अर्ब ३० करोड

भदौको दोश्रो सातामा ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप तेश्रो सातामा ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। भदौ पहिलो सातामा भने उक्त निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमै सीमित थियो।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- वाणिज्य बैंकको निक्षेप बढ्न थालेको छ। नेपाल बैंकर्स संघका अनुसार भदौको तेस्रो साता एक हप्तामा ११ अर्ब ३० करोड रुपैयाँले निक्षेप बढेको हो। अघिल्लो साता जम्मा ५१ करोड रुपैयाँ मात्र निक्षेप बढेको वाणिज्य बैंकमा भदौको पहिलो साता ७ अर्ब ७२ करोड रुपैयाँले निक्षेप घटेको थियो।

National life

भदौको दोश्रो सातामा ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप तेश्रो सातामा ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। भदौ पहिलो सातामा भने उक्त निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमै सीमित थियो।

त्यस्तै समीक्षा अवधिमा कर्जा लगानी पनि एक अर्ब रुपैयाँले बढेको छ। अघिल्लो साता ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी बढेर ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेप बढेसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढेर ८८.२५ प्रतिशतमा झरेको छ। अघिल्लो साता उक्त रेसियो ८८.४२ प्रतिशत थियो।

प्रकाशित: Sep 05, 2022| 19:40 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्