शनिबार, मंसिर ६, २०८२

मंगलबारदेखि अन्तर वडा टेबलटेनिस

टिम स्पर्धाबाहेक सबैमा नगद पुरस्कार राखिएको छ। पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन्
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ। प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक समेत रहेका आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जानकारी दिएका छन्।

National life

टिम स्पर्धाबाहेक सबैमा नगद पुरस्कार राखिएको छ। पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन्।

भेट्रानका तीनै स्पर्धामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय र २ हजार ५ सय नगद पुरस्कार पाउने छन्। टिम च्याम्पियनलाई रनिङ सिल्ड प्रदान गरिने छ। प्रतियोगितामा ५ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजकमा समाजसेवी एवं खेल प्रेमी पूर्णशंकर श्रेष्ठ छन्।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा माल्दिभ्समा गत मे ९ देखि ११ तारिखसम्म भएको दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता खेलाडीसहित १२ सदस्यीय टोलीलाई सम्मान गर्ने प्रतियोगिता संयोजक महर्जनले जानकारी गराए। पाँच दिने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ।

प्रकाशित: Sep 05, 2022| 19:32 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।