शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल लाइफ र पर्वतारोही पूर्णिमा श्रेष्ठबीच सहकार्य

नेपाल लाइफ र पर्वतारोही पूर्णिमा श्रेष्ठबीच सहकार्य

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वतारोही पूर्णिमा श्रेष्ठसँग सहकार्य गरेको छ। नेपाल लाइफले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

National life

काठमाडौं-  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वतारोही पूर्णिमा श्रेष्ठसँग सहकार्य गरेको छ। नेपाल लाइफले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ। यसै सन्दर्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरेका छन् साथै श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेको बताइन्। गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो।

उनी पेशाले फोटो पत्रकारसमेत हुन्। उनले सगरमाथासहित नेपालको ८००० मिटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढिसकेकी छिन्। अब पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदैछिन्।


प्रकाशित: Sep 05, 2022| 18:52 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।