शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु बैंकका ग्राहकले सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टरमा छुट पाउने

प्रभु बैंकका ग्राहकले सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टरमा छुट पाउने

प्रभु बैंक ग्राहकहरुले सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लिमा छुट पाउने भएका छन्।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- प्रभु बैंक ग्राहकहरुले सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लिमा छुट पाउने भएका छन्। प्रभु बैंक र पोखरा स्थित सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टरका तर्फबाट अध्यक्ष गोकर्ण कार्कीले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले सिटी जिम हेल्थद्धारा सञ्चालित सेवाहरुमा छुट प्राप्त गर्ने छन्।

यस सुविधा लिन चाहने बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नु पर्ने छ। बैंकले ५ देखि १० प्रतिशतसम्म छुट दिने जनाएको छ।


प्रकाशित: Sep 05, 2022| 18:51 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्