काठमाडौं- मंगलम् पाइप्सले भूमिगत प्रयोजन, सिँचाइ प्रणालीकोलागि बढी प्रयोग हुने पाइप बजारमा ल्याएको छ। एचडीपीई (हार्ड डेन्सिटी पोलिइथाइलिन लिन पाइप) प्लास्टिक पोलिमरबाट बनाइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार पोर्टेबल र सजिलै जडान गर्न सकिने भएकाले यी पाइपहरु भूमिगत प्रयोगको लागि मात्र नभई अन्य धेरै कामको लागि पनि प्रयोग गरिन्छ। रसायनसँग प्रतिक्रिया नगर्ने भएकोले ग्रामीण भेगमा पानीको पाइपको लागि पनि मङ्गलमको एचडीपीई पाइप्स धेरै नै प्रयोगमा आउने गरेको छ। अन्य प्लास्टिकको पाइपहरुको तुलनामा बाहिरी तापक्रमले (८० डिग्री सेन्टिग्रेडसम्म) असर नगर्ने भएकोले अप्टिकल फाइबर बिछयाउनका लागि पनि यसको प्रयोग गर्न सकिन्छ। यसको साथै उच्च चाप सहन सक्ने भएकोले यी पाइपहरु ढल निकासको लागि पनि प्रयोग गरिन्छन्।
यो पाइपहरु प्रायः कालो रंगमा उपलब्ध हुन्छन्। प्रयोगअनुसार यी पाइपहरु विभिन्न आकार र मोटाइमा उपलब्ध छन्। उच्च गुणस्तरीय कच्चा पदार्थ र अत्याधुनिक प्रविधिको प्रयोग गरेर बनाइने हुनाले यो पाइप लामो समयसम्म टिक्ने कम्पनीको दाबी छ।
अन्तर्राष्ट्रियस्तरको प्लान्ट, जर्मन टेक्नोलोजी र जापानी कच्चापदार्थ प्रयोग गरी उत्पादन गरिने एचडीपीई पाइप सँगसँगै मंगलम् पाइप्सले अरु थुप्रै प्रयोजनको लागि हुने गरी आठवटा फरक–फरक पाइपहरु उत्पादन गर्दै आएको छ। मंगलमको एचडीपीई पाइपहरू आईएसओ ९००१:२०१५ साथ साथै नेपाल गुणस्तर (एनएस) प्रमाणित छन्।