आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकले चितवनका दुग्ध उत्पादकलाई कृषि अनुदान कर्जा दिने

ग्लोबल आइएमई बैंकले चितवनका दुग्ध उत्पादकलाई कृषि अनुदान कर्जा दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले चितवनको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका सदस्य दुग्ध उत्पादकलाई कृषि अनुदान कर्जा दिने भएको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९
National life
Shivam cement

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले चितवनको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका सदस्य दुग्ध उत्पादकलाई कृषि अनुदान कर्जा दिने भएको छ। यसका लागि बैंक र सहकारीबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने उद्देश्यको समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

समझदारीपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरेको जनाइएको छ। समझदारीअनुसार बैंकले भण्डारालगायत चितवन जिल्लाका विभिन्न स्थानमा उन्नत जातका गाई तथा भैँसीपालन गरी दूध तथा दुग्धजन्य वस्तुहरू उत्पादन गर्ने कृषकलाई सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उल्लेख छ। त्यस्तै, सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानलाई आवश्यक तालिमको व्यवस्था गर्ने जनाइएको छ। 

उक्त अवसरमा बैंकले स्थानीय किसानलाई डिजिटल बैंकिङ सेवाका बारेमा वित्तीय साक्षरतासम्बन्धी चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको जनाइएको छ। कार्यक्रममा तीन सयभन्दा बढी स्थानीयको उपस्थिति रहेको उल्लेख छ। 


प्रकाशित: Sep 05, 2022| 18:50 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्