शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंक र दराजबीच ‘दसैँ धमाका महोत्सव’का लागि सम्झौता

नबिल बैंक र दराजबीच ‘दसैँ धमाका महोत्सव’का लागि सम्झौता

नबिल बैंक र दराजबीच ‘दराज दसैँ धमाका’ महोत्सवका लागि सम्झौता भएको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- नबिल बैंक र दराजबीच ‘दराज दसैँ धमाका’ महोत्सवका लागि सम्झौता भएको छ। नबिलले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दसैँलाई ध्यानमा राखी यही भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको छ।

दराज दसैँ धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु. २ हजारसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु. २ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्नका लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ।

दराज दसैँ धमाकाका लागि नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गर्नुभएको थियो। रिटेल कारोबार प्रमुख शर्माले यो सहकार्य आफैँमा एउटा उत्सव भएको र आफ्ना ग्राहकलाई आउँदै गरेको दसैँको शुभकामना रहेको बताए।

यस महोत्सवले दराज साथै नबिल कार्डवाहकमाझ छुट्टै उत्साह थपिने कुरामा आफू विश्वस्त रहेको दराजका अरुण फुयालले बताए। नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो। यसका देशभरि २३३ शाखा र २६९ एटीएम काउनटर छन्। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेलेको छ।


प्रकाशित: Sep 05, 2022| 18:49 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्