शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गर्ने समूह पक्राउ

टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गर्ने समूह पक्राउ

टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं– टिकटक बनाउने बहानामा मोटरसाइकल चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। सो समूहले राइडर सेवा पठाओसँग सम्पर्क बनाई टिकटक बनाउने भन्दै राइडरको मोटरसाइकल लिएर भाग्ने गरेको प्रहरीले बताएको छ। 

National life

यसरी चोरी गर्दै मोटरसाइकलका पार्टपूर्जा निकालेर बिक्री गर्ने गिरोहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

प्रहरीले मोटरसाइकल चोरीको आरोपमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० का निसान सापकोटा, ग्यारेज सञ्चालक रामचन्द्र रावल र मोटरसाइकलको पार्टपूर्जा खरिद गर्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ४ का पुष्कर काफ्लेलाई पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

मोटसाइकलका पार्टपूर्जा खोलेर बाँकी रहेको इन्जिन र च्यासिसको नम्बर लेखिएको भागलाई लेथ मेसिनले टुक्रा गरी बाँकी सामान कवाडीलाई बेच्ने गरेको अनुसन्धानका क्रममा भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 05, 2022| 17:51 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।