सोमबार, फागुन १८, २०८२

नेपालले केन्याबाट पायो २५६ रनको लक्ष्य

केन्यामा जारी नेपाल–केन्या एकदिवसीय सिरिजमा केन्याले नेपाललाई २५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

kumari

काठमाडौं– केन्यामा जारी नेपाल–केन्या एकदिवसीय सिरिजमा केन्याले नेपाललाई २५६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको केन्याले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ५५ रन बनायो।

नेपालका लागि सोमपाल कामीले १० ओभर बलिङ गर्दै ३६ रन दिएर २ विकेट लिए। आदिल अन्सारीले १० ओभरमा ५६ दिएर २ विकेट लिए। त्यस्तै साहब आलमले १० ओभरमा ५६ रन दिएर १ विकेट लिए भने बसिर अहमदले ९ ओभरमा ४७ रन दिएर १ विकेट लिए।

नेपालले आजको खेल जिते तीन एकदिवसीय सिरिज क्लिनस्विप गर्नेछ। तर नेपाल आज पराजित भए पनि सिरिज नेपालले जितिसकेको छ। नेपालले पहिलो एकदिवसीयमा केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा १७ रनले हराएको थियो।

प्रकाशित: Sep 05, 2022| 17:13 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।