सोमबार, फागुन १८, २०८२

राष्ट्रिय महिला फुटबल टिमको कप्तानमा गोलकिपर एन्जिला

नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई नेपाली टिमको कप्तानी दिइएको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई नेपाली टिमको कप्तानी दिइएको छ। नेपाली टिमको नियमित कप्तान रेनुका नगरकोटीलाई चोट लागेपछि साफ च्याम्पियनसिपको कप्तानी गर्ने जिम्मा एन्जिलालाई दिइएको हो। 

एन्फा, प्रशिक्षक र आफ्नो टिमप्रति प्रतिबद्ध रहेको उनले बताइन्। ‘कप्तानी पाएकोमा मलाई एकदमै खुसी लागेको छ,’ आफूलाई कप्तानको रुपमा चिनाउँदै उनले भनेकी छन्। यसअघि एन्फाले महिला टिमको घोषणा गरे पनि कप्तान कसलाई बनाउने भन्ने निर्णय गरेको थिएन।

एन्फाले काठमाडौंमा महिला साफ च्याम्पियनसिप सुरु हुनुभन्दा एक दिन अघिमात्र टिमको कप्तान घोषणा गरेको हो।

यता टिमका प्रशिक्षक कुमार केसीले चाहिँ आफ्नो टिमको २३ सदस्य नै कप्तान हुन लायक रहेको बताएका छन्।

प्रकाशित: Sep 05, 2022| 17:09 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।