बिहीबार, साउन २१, २०८३

आधारभूत रूपमा कसैसँग गठबन्धन हुँदैन : राजेन्द्र लिङ्देन

'पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको छ। राष्ट्रियताका सवालमा हाम्रो पार्टी नेकपा (एमाले)सँग नजिक छ,' उनले भने।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

बाँके- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूत रूपमा कसैसँग पनि गठबन्धन नहुने बताएका छन्। राप्रपा बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्। 

'पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको छ। राष्ट्रियताका सवालमा हाम्रो पार्टी नेकपा (एमाले)सँग नजिक छ,' उनले भने। 

तालमेलबाट बढी सिट ल्याउनेभन्दा पनि जनतासँगको सम्बन्धबाट नै बढी सिट ल्याउने अपेक्षा भएको उनको भनाइ छ। चुनाव घोषणा भएपछि सबै समान ढङ्गले चुनाव लड्नुपर्नेमा जोड दिँदै उनले अहिलेको संसद् विघटनको माग समेत गरे। 


प्रकाशित: Sep 05, 2022| 15:19 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...