शुक्रबार, असोज ९, २०८३

नेपाली बजारमा फेरि बढ्यो सुनको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। 

आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो। हिजो प्रतितोला ६०० रुपैयाँले बढेको थियो। 

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ रहेको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ।

हिजो आइत प्रतितोला १ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ११५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

प्रकाशित: Sep 05, 2022| 11:39 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्