शनिबार, मंसिर ६, २०८२

सार्वजनिक गरियो पुरुष क्रिकेटको खेल–तालिका

नेपाल टी–२० लिगको मिति पनि त्यही समय परेपछि क्यानको प्रस्तावपछि राखेपले एक महिनाअघि नै क्रिकेट सुरु गर्न लागेको हो।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं– गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको खेल–तालिका सार्वजनिक भएको छ। राष्ट्रिय खेलकुद (राखेप) ले पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक गरेको हो।

National life

नवौं राष्ट्रिय  खेल गण्डकी प्रदेशमा २८ असोजदेखि ३ कात्तिकसम्म हुने तालिका छ। नेपाल टी–२० लिगको मिति पनि त्यही समय पर्ने भएकाले नेपाल क्रिकेट संघ (क्यान) को प्रस्ताव र सहभागी टोलीको सहमतिपछि राखेपले एक महिनाअघि नै क्रिकेट सुरु गर्न लागेको हो।

‘क्रिकेटको अन्तर्राष्ट्रिय खेल तालिकासँग नबाझिने गरी आयोजना गरिदिन नेपाल क्रिकेट संघ क्यानबाट भएको आग्रह, प्रस्ताव गरेको मिति र स्थान सम्बन्धमा सहभागी ११ वटै टिमलाई पत्राचार गरिएको र सहभागी सबै टिमबाट समेत सहमति प्राप्त भएपछि मिति अनि खेल स्थल परिवर्तन गरिएको छ,’ नवौं राष्ट्रिय खेलकुद प्रचार–प्रसार उपसमिति सचिव खुशराज दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एनआरएन गरी ११ टिम सहभागी हुनेछन्। पुरुष क्रिकेटमा पनि ११ वटै टिमले प्रतिस्पर्धा गर्नेछन्। ११ टिमलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’मा मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश छन्। समूह ‘बी’मा एनआरएन, बागमती प्रदेश, सुदूरपश्चिम, प्रदेश १ र एपीएफ छन् । प्रतियोगिताका खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा खेलाइनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 05, 2022| 11:14 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।