आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'लाइनमा बस्नुस्' भन्दा सुरक्षागार्डलाई थुनाउने मन्त्रीले मागे थप सुरक्षा

'लाइनमा बस्नुस्' भन्दा सुरक्षागार्डलाई थुनाउने मन्त्रीले मागे थप सुरक्षा

संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले गृह मन्त्रालयसँग थप सुरक्षा माग गरेका छन्। 'थ्रेट' भएको भन्दै उनले थप सुरक्षा माग गरेको गृहका एक अधिकारीले बताए।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले गृह मन्त्रालयसँग थप सुरक्षा माग गरेका छन्। 'थ्रेट' भएको भन्दै उनले थप सुरक्षा माग गरेको गृहका एक अधिकारीले बताए।

National life

उनकाअनुसार मन्त्री श्रेष्ठले आइतबार नै गृहमा सम्पर्क गरी सुरक्षा माग गरेका हुन्। 

शुक्रबार मन्त्री श्रेष्ठ व्यक्तिगत कामका लागि ठमेलस्थित छायाँ सेन्टर पुगेका थिए। त्यहाँ उनीभन्दा अगाडि थुप्रै सेवाग्राही भए पनि उनले आफू मन्त्री भएको भन्दै लाइन मिच्न खोजेका थिए। तर सुरक्षागार्ड शेरजंग गुरुङले 'मन्त्री भए पनि लाइनमा बस्नुस्' भनेर आग्रह गरेका थिए। 

लाइनमा बस्नुस् भनेर आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उनले गृहमा पत्र पठाएका थिए। गृहको पत्र प्रहरी प्रधान कार्यालय काठमाडौं उपत्यकामा, उपत्यका प्रहरी कार्यालय काठमाडौं प्रहरी परिसर हुँदै प्रहरी वृत्त दरबारमार्गमा पुग्यो थियो। गृहको आदेशपछि गुरुङलाई दरबार्गमार्ग प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

आइतबार पक्राउ परेका उनलाई काठमाडौंका प्रमुख जिल्ला प्रशासन कार्यालयले थुनामा राखी अनुसन्धान गर्न पाँच दिनको म्याद थपेको छ।

Shivam cement

प्रकाशित: Sep 05, 2022| 11:04 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...