आइतबार, जेठ ३१, २०८३

आजबाट सुरु हुँदै श्रीलंकामा यू १७ साफ च्याम्पियनसिप

दक्षिण एसियाली फुटबल फेडेरेसन साफको क्षेत्रीय प्रतियोगिता श्रीलंका फुटबल संघले सोमबारबाट कोलम्बोमा सुरु गर्न लागेको हो।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- श्रीलंकाको राजधानी कोलम्बोमा सोमबारबाट साफ च्याम्पियनसिप सुरु हुँदैछ। दक्षिण एसियाली फुटबल फेडेरेसन साफको क्षेत्रीय प्रतियोगिता श्रीलंका फुटबल संघले सोमबारबाट कोलम्बोमा सुरु गर्न लागेको हो।

National life

नेपालसहित आयोजक श्रीलंका, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरि ६ देशको सहभागिता रहेको प्रतियोगितामा उपाधि लक्ष्यका साथ नेपालले भाग लिएको छ। यि देशहरुलाई दुई समूहमा बाँडिएको छ। समूह बीमा नेपालसहित भारत र भुटान रहेका छन्।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका मूख्य प्रशिक्षक उर्जन श्रेष्ठले पनि आफ्नो लक्ष्यबारे कुरा गरिसकेका छन्। ‘हाम्रो लक्ष्य भनेको उपाधि जित्ने नै हो। यसअघिको उपविजेता भएका नाताले त्यो हामी दाबी गर्न सक्छौं। यो पटक हामीलाइ पहिले उपाधि जित्ने मौका पनि छ। त्यहीअनुसारको हामीले टिम संगठन गरेको हो। खेलाडीको क्षमता हेर्दा पनि उपाधि जित्नेछौ भन्ने लागेको  छ,’ उनले भने।

प्रतियोगिताको उद्घाटन खेलमा भारतले भुटानको सामना गर्ने तय छ। समूह बी को यो खेल दिँउसो हुनेछ भने देस्रो खेलमा समूह 'ए' बंगलादेश र श्रीलंका भिड्ने छन् तय छ। प्रतियोगितामा नेपाल समूह 'बी' मा रहेको छ। नेपालको समूहमा भारत र भुटान छन्। 

प्रतियोगिताको पहिलो दिन भने नेपालले खेल्नेछैन। नेपालले आउँदो बुधबार भुटानसँग खेल्नेछ भने भारतसँग शुक्रबार खेल्नेछ। सिंगल राउन्ड रोबीनमा समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

Shivam cement

नेपाली टिमका कप्तान प्रशान्त लक्ष्समले आफ्नो तयायरी राम्रो रहेको बताएका छन्। उनले आफ्नो मूख्य प्रतिद्वन्दी भारत नै भएको जानकारी दिएका छन्।

‘तयारीका हिसाबले भन्नुपर्दा हामीले धेरै राम्रो अभ्यास गरेका छौँ। नेपालको बलियो पक्ष एकता हो। तर भारतको ग्रासरुट राम्रो भएकाले कठिन टिमको रुपमा लिएका छौँ,’ उनले भने।

प्रकाशित: Sep 05, 2022| 11:04 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।