सोमबार, फागुन १८, २०८२

एनआरएनएको क्रिकेट टोली घोषणा

एनआरएनए ले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेको हो।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि एनआरएनए स्पोर्टस् एकेडेमीले आफ्नो १४ सदस्यीय क्रिकेट टोली घोषणा गरेको छ। एनआरएनए ले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेको हो।

घोषित टोलीको कप्तानमा नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी एवं अष्ट्रेलियाको एडिलेड विश्वबिद्यालय क्रिकेट क्लबका खेलाडी सुनाम गौतम रहेका छन्। यस्तै, पूर्व यु १९ नेपाली टिमका कप्तान, पूर्व राष्ट्रिय खेलाडी तथा अल स्टार्स क्रिकेट टीम अमेरिकाका खेलाडी पृथु बास्कोटा उपकप्तान रहेका छन्।

एनआरएनए टोलीको ब्यवस्थापकमा स्यंभुराज डङ्गोल, संयोजकमा किरण राणा, प्रशिक्षकमा मनोज गुरुङ (युके) र सहायक प्रशिक्षकमा ज्योति भण्डारी रहेका छन्।

यस्तै अन्य सदस्यमा नविन प्रधान (न्यूजिल्याण्ड), दिवस गिरी (युके लण्डन), दिनेश खरेल (न्यूजिल्याण्ड), रसिम कँडेल (अष्ट्रेलिया), सन्दिप अधिकारी (अष्ट्रेलिया), बासु गिरी (अष्ट्रेलिया), सुनिल श्रेष्ठ (युके लण्डन), दिपेन श्रेष्ठ (युएसए), दीपक क्षेत्री (अष्ट्रेलिया), आशिष पोखरेल (अष्ट्रेलिया), गम बहादुर गुरुङ्ग (युके लण्डन) र सागर पुन (युएसए) रहेका छन्।

नवौ राष्ट्रिय खेलकुद अन्तरगतको पुरुष क्रिकेट भाद्र २२ गते देखि काठमाडौं मा आयोजना हुने भएको छ। एनआरएनएले अघिल्लो संस्करणको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पहिलो पटक केहि खेल मार्फत सहभागिता जनाएको थियो। टिमगेममा यो नै पहिलो हो।

kumari

प्रकाशित: Sep 05, 2022| 10:29 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।