शनिबार, मंसिर ६, २०८२

एसिया कपमा पाकिस्तानसँग फेरि हार्‍यो भारत

युएईमा जारी एसिया कपको टप फोरमा भारत पराजित भएको छ। आइतबार राति दुबई रंगशालामा सुपर फोरको खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले हराएको हो।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- युएईमा जारी एसिया कपको टप फोरमा भारत पराजित भएको छ। आइतबार राति दुबई रंगशालामा सुपर फोरको खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले हराएको हो।

National life

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पुरा ओभर खेल्दै सात विकेट क्षतिमा १८१ रन बनाएको थियो। जवाफमा पाकिस्तानले एक बल बाँकी रहँदै पाँच विकेट गुमाएर १८२ रनको लक्ष्य पुरा गरेपछि जित निकालेको हो।

पहिलो पारीमा भारतका लागि विराट कोहलीले ६० रन बनाएका थिए। त्यस्तै, ओपनर द्वयले समान २८,२८ रन बनाउँदै ५४ रनको साझेदारी गरेका थिए।

यता पाकिस्तानका लागि शदब आलमले दुई विकेट लिएका थिए भने नसिम शाह, मोहम्मह हसनैन, हसिर राउफ र मोहम्मद नवाले पनि समान १/१ विकेट लिएका थिए।

यता जवाफी ब्याटिङमा मोहम्मद रिवजले ७१ रन बनाए भने मोहम्मद नवाजले ४२ रनको योगदान दिए। खेलमा इफितिखर अहमदले अन्तिममा दुई रन बनाएपछि पाकिस्तानले जित निकालेको हो।

Laxmi sunrise bank
kumari

यता भारतका लागि भुवनेश्वर कुमार, अर्षदिप सिंह, रवी विश्नोइ, हार्दिक पाण्ड्या र युजवेन्द्र चहलले समान १/१ विकेट लिएका थिए।

प्रकाशित: Sep 05, 2022| 08:45 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।