सोमबार, फागुन १८, २०८२

रासफेर्डको गोलले पूर्णविराम लगायो आर्सनलको जित शृंखलामा

इंग्सि प्रिमियर लिगको लगातार पाँ खेलमा जित निकालेको आर्सनले छैटौं खेलमा आइतबार राति पराजित भएको छ। म्यानचेस्टर युनाइटेडको ओल्ड ट्राफोर्ड मैदानमा सम्पन्न खेलमा युनाइटेडले आर्सनललाई ३–१ ले हराएको हो।
 |  सोमबार, भदौ २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २०, २०७९

काठमाडौं- इंग्सि प्रिमियर लिगको लगातार पाँ खेलमा जित निकालेको आर्सनले छैटौं खेलमा आइतबार राति पराजित भएको छ। म्यानचेस्टर युनाइटेडको ओल्ड ट्राफोर्ड मैदानमा सम्पन्न खेलमा युनाइटेडले आर्सनललाई ३–१ ले हराएको हो।

युनाइटेडले भर्खरै मात्र ८२ मिलियन पाउन्डमा निकेका एन्थोनी डि सन्तोषले डेब्यूमा गोल गरेसँगै घरेलु टिमले अग्रता बनाएको थियो। त्यसपछि रासफर्डले दुई गोल थपेका थिए। एन्थोनीका लागि रासफर्डले पास दिएका थिए भने रासफर्डलाई ब्रुनो फर्नान्डेस र इरिक्सनले एसिस्ट गरे।

यता, रासफर्ड २०२० पछि पहिलो पटक दोहोरो गोल गरेका हुन्। खेलमा हारकाबाबजुदु पनि आर्सनल लिगको शीर्षस्थानमा रहेको छ। यसले छ खेलबाट १५ अंक बटुलेको छ। समान १४,१४ अंक बनाएका म्यानचेस्टर सिटी र टोटेनहम तालिकाको दोस्रो र तेस्रो स्थानमा छ।

इता गएरातिको जितसँगै युनाइटेड भने तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। उसले लिगको सुरुआतका दुई खेलमा हार बेहोरेपछि लगातार चार खेलमा जित निकालेको हो।

‘हामी खेलबाट तीन अंक लिनका लागि आएका थियौं,’ खेलपछि आर्सनलका प्रशिक्षक माइकल आर्टेटाले भने, ‘तर हामी खेलका केही समय अनुशासनमा  पछि पायौं। अनि हामीले प्रन्टलाइनबाट गोल निकाल्न सकेनौँ।’

kumari

उनले यो खेलबाट ठूलो पाठ सिकेको पनि बताएका छन्। उनले भने, ‘यदि जित निकाल्नु छ भने हामीले यहाँ धेरैथोक गर्नुपर्छ।’

प्रकाशित: Sep 05, 2022| 08:09 सोमबार, भदौ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।