काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२६ रुपैयाँ ७८ पैसा र बिक्री दर १२७ रुपैयाँ ३८ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ ०६ पैसा र बिक्री दर १४७ रुपैयाँ २९ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ०९ पैसा र बिक्री दर १३० रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७६ पैसा र बिक्री दर ८७ रुपैयाँ १७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४४ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०८ पैसा र बिक्री दर ९ रुपैयाँ १३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४६ पैसा र बिक्री दर १८ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५४ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ३५ पैसा र बिक्री दर ९ रुपैयाँ ३९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर