शुक्रबार, कात्तिक २८, २०८२

प्रचण्डविरुद्ध चुनाव लड्न नेकपा एमालेका न्यौपाने सिफारिस

आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट संघीय सांसदको लागि नेकपा एमालेबाट रामप्रसाद न्यौपानेको नाम सर्वसम्मत सिफारिस भएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट संघीय सांसदको लागि नेकपा एमालेबाट रामप्रसाद न्यौपानेको नाम सर्वसम्मत सिफारिस भएको छ। 

National life

नेकपा एमालेको आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले न्यौपानेको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला उपसचिव प्रकाश ढुङगानाले बताए। न्यौपाने नेकपा एमाले चितवनका अध्यक्ष हुन्।  

चितवन ३ बाट २०७४ को  प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए।

वाम गठबन्धनको तर्फबाट चितवन–३ बाट  प्रचण्डले नेपाली कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई पराजित गरेका थिए। यसपटक पनि  प्रचण्ड सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्‍ने घोषणा गरिसकेका छन्।


Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 04, 2022| 20:35 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।