सोमबार, वैशाख २४, २०८१

मोरङ १ मा एमालेबाट घनश्याम कि शिवमाया?

नेताहरुलाई चुनौतीको विषय मोरङ क्षेत्र नम्बर १ रहेको छ। सो क्षेत्रबाट सिफारिस भएका ५ जनामध्ये मुख्य दाबी घनश्याम खतिवडा र डा. शिवमाया तुम्बाहाम्फेकै रहेको छ। क्षेत्रीय समन्वय कमिटीले खतिवडा, तुम्बाहाम्फेसँगै अग्‍नि भट्टराई, राजेन्द्र पौडेल र रुद्र तामाङको नाम सिफारिस गरेको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, भदौ १९, २०७९

विराटनगर- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेका ६ वटै क्षेत्रीय कमिटीहरुले आइतबार उम्मेदवार सिफारिस गरेका छन्। ६ वटा निर्वाचन क्षेत्रमध्ये २, ३ र ४ मा एकल उम्मेदवार सिफारिस भएका छन्। क्षेत्र नम्बर १, ५ र ६ मा एकल उम्मेदवार सिफारिस हुन सकेन। क्षेत्र नम्बर १ बाहेकका ५ वटा क्षेत्रमा एकल सिफारिस हुने एमालेले बताएको थियो। क्षेत्रीय कमिटीहरुले तीनवटा क्षेत्रमा एकल सिफारिस गरेन। एकल सिफारिस नभएका ५ र ६ मा एमालेमा खासै समस्या नभएको र दुवै क्षेत्रका उम्मेदवार व्यवस्थापन हुने दाबी एमाले नेताहरुको दाबी छ। 

triton college

नेताहरुलाई चुनौतीको विषय मोरङ क्षेत्र नम्बर १ रहेको छ। सो क्षेत्रबाट सिफारिस भएका ५ जनामध्ये मुख्य दाबी घनश्याम खतिवडा र डा. शिवमाया तुम्बाहाम्फेकै रहेको छ।  क्षेत्रीय समन्वय कमिटीले खतिवडा, तुम्बाहाम्फेसँगै अग्‍नि भट्टराई, राजेन्द्र पौडेल र रुद्र तामाङको नाम सिफारिस गरेको छ। 

को हुन् डा. तुम्वाहाम्फे?

डा. शिवमाया तुम्वाहाम्फे विद्यार्थी राजनीतिबाट उदाएकी महिला नेतृ हुन। विद्यार्थी राजनीति, महिला अधिकारको नेतृत्व गर्दै उनी राजनीतिको केन्द्रमा पुगेकी हुन्। उनी संविधानसभा र गत प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट उम्मेदवार बनेकी थिइन्। २०७४ को निर्वाचनपछि उनी समानुपातिक सांसद भइन्। समानुपातिक सांसदमा निर्वाचित भएपछि प्रतिनिधिसभा उपसभामुख, कानुन, न्याय तथा संसदीय मामिला र भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री भइसकेकी डा. तुम्बाहाम्फे एमाले स्थायी कमिटी सदस्य हुन्। 

प्रत्यक्ष अनुमोदित हुन नपाएकी डा. तुम्बाहाम्फे मंसिर ४ को निर्वाचनमा प्रत्यक्ष उठेर निर्वाचित हुने दाबी गर्छिन। मोरङका ६ वटा क्षेत्रमध्ये ५ मा पुरुष उम्मेदवार भएको र प्रत्यक्षमा महिला नभएकाले पनि डा. तुम्वाहाम्फेको सम्भावना बढी रहेको स्थानीय नेता कार्यकर्ताको दाबी छ। मोरङ १ मा उनको पक्षमा माहोल राम्रो बनेर गएको पार्टी कार्यकर्ताहरु बताउँछन्। 

corrent noodles
Metro Mart

को हुन् खतिवडा?

स्थानीय स्तरमा परिचित घनश्याम खतिवडा स्थानीय तह, सहकारी लगायतको नेतृत्व गर्दै प्रतिनिधिसभामा पुगेका हुन्। उनी २०७० को संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसका डिगबहादुर लिम्वुसँग पराजित भएका थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा खतिवडाले लिम्बुलाई पराजित गरेका थिए। खतिवडाले ३७ हजार ५२४ मत ल्याएका थिए। लिम्बुले ३१ हजार ४३६ मत प्राप्त गरेका थिए। गठबन्धनतर्फबाट उम्मेदवार बनेका खतिवडालाई अघिल्लो निर्वाचनमा सहज भए पनि अहिले कठिन भएको एमालेकै विश्लेषण छ। 

प्रत्यक्षमा महिला नभएकाले पनि डा. तुम्वाहाम्फेको सम्भावना बढी रहेको स्थानीय नेता कार्यकर्ताको दाबी छ। मोरङ १ मा उनको पक्षमा माहोल राम्रो बनेर गएको पार्टी कार्यकर्ताहरु बताउँछन्। 

चुनावअघिका हरेक चुनावी सभामा उनले गरेका प्रतिबद्धता प्रतिबद्धतामै सीमित भएको पनि नेताहरुले बताउने गरेका छन्। एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका खतिवडाले क्षेत्र नम्वर १ मा आफ्नो विकल्प अरु कोही हुन नसक्ने बताउँदै आएका छन्। 

चुनावी अंकगणित के छ?

०७४ को निर्वाचनमा ६ हजार ८८ मतान्तरले गठबन्धनका तर्फबाट एमाले उम्मेदवार विजयी भएको मोरङ १ मा ४ वटा स्थानीय तह छन्। उर्लाबारी र लेटाङ नगरपालिका, केराबारी र मिक्लाजुङ गाउँपालिका सो क्षेत्र भित्र पर्दछन्। ०७४ को निर्वाचनमा एमालेले लेटाङ, उर्लाबारी र केराबारीमा नेतृत्व गुमाएको थियो। 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सो क्षेत्र भित्रका चार वटा स्थानीय तहहरुमध्ये तीनवटामा एमालेको प्रमुख, उपप्रमुखसहित बहुमत वडाध्यक्ष निर्वाचित भएका छन्। ०७४ मा प्रमुख, उपप्रमुख सहित बहुमत वडाध्यक्ष जितेको एमालेले मिक्लाजुङमा यसपटक सो शक्ति गुमाएको छ। 

स्थानीय निर्वाचनमा वडागत रुपमा एमालेले ३२ हजार ३ सय ६६ मत पाउँदा कांग्रेसले ३१ हजार ४ सय १३ मत ल्याएको थियो। माओवादी ६ हजार ५ सय ८३ रहेको थियो। 

प्रकाशित: Sep 04, 2022| 22:31 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।