शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • विष्णु पौडेलले राजधानीसँग अर्थमन्त्री साटेर रुपन्देहीबाट चुनाव लड्ने नैतिकता गुमाइसके : राजु गुरुङ

विष्णु पौडेलले राजधानीसँग अर्थमन्त्री साटेर रुपन्देहीबाट चुनाव लड्ने नैतिकता गुमाइसके : राजु गुरुङ

‘२०६४ सालदेखि विष्णु पौडेलले चुनाव जित्‍नुभयो, सधैं जनतालाई ढाँटनुभएको छ,’ रुपन्देही निर्वाचन क्षेत्र न. २ बाट प्रनितिधिसभाका आकांक्षी समेत रहेका गुरुङले भने।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

बुटवल- नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीबाट निर्वाचन लड्नै नैतिकता गुमाएको आरोप लगाएका छन्।  पार्टी निकटको युवा संघ नेपालको महाकाली-मेची अभियान टोलीलाई आइतबार बुटवलमा स्वागत गर्दै नेता गुरुङले यस्तो बताएका हुन्। उनले लगातार तीन पटकसम्म रुपन्देहीबाट निर्वाचित पौडेलले जनताको समस्या सम्बोधन नगरेको आरोप लगाए।

National life

पौडेलले २०७४ सालको निर्वाचनमा बुटवललाई स्थायी राजधानी बनाउने चुनावी वाचा गरे पनि अर्थमन्त्रीसँग राजधानी साटेको बताए। ‘२०६४ सालदेखि विष्णु पौडेलले चुनाव जित्‍नुभयो, सधैं जनतालाई ढाँटनुभएको छ,’ रुपन्देही निर्वाचन क्षेत्र न. २ बाट प्रनितिधिसभाका आकांक्षी समेत रहेका गुरुङले भने। 

उनले बुटवलका सुकुम्बासी जनतालाई  लालपूर्जा दिन्छु भनेर भोट मागेर बालुवाटारमा आफ्नो छोराको नाममा लालपूर्जा निकालेका कारण पौडेलले रुपन्देहीबाट चुनावी लड्ने नैतिकता गुमाएको बताए। ‘अंग्रेज फौजलाई हराएको जितगढीलाई साक्षी राखेर भन्छु, अब संविधान मास्‍ने, गणतन्त्रलाई धरापमा पार्ने शक्तिको पराजय हुने दिन आइसक्यो,’ उनले भने ।

प्रदेश कमिटी सचिव समेत रहेका नेता गुरुङले एमालेले विभिन्‍न टोलीमार्फत् सर्वेक्षण गर्दा निर्वाचन हार्ने देखिएकाले अत्तालिएको बताए। उनले भने, ‘अब भ्रम, जालझेलको राजनीति चल्दैन।’ उनले विगतमा आफूसहितका नेताहरु खटिएर विष्णु पौडेललाई जिताएको बताए।

गुरुङले अब युवाहरुले देशको नेतृत्व समाल्ने बेला आएको बताए। उक्त अवसरमा युवा संघ नेपालका इन्चार्ज दिलु पन्तले अब परिवर्तनकारी शक्तिले पश्चगामी शक्तिलाई हराउने बेला आएको बताइन्। उनले आफूहरुले समाजवाद स्थापनाका लागि युवाहरुलाई गोलबद्ध गर्दै युवा जगाउने अभियानमा सामेल भएको बताइन्।

Laxmi sunrise bank
kumari

युवा संघ नेपाल रुपन्देहीले महाकालीबाट सुरु गरेको निर्वाचन केन्द्रीय अभियानलाई बुटवल जितगढी किल्लामा स्वागत गरेको हो। अंग्रेज फौजलाई हराएको जितगढी किल्लामा युवा संघको टोलीलाई स्वागत गर्दै अब आफूहरुको पार्टी विजयका निम्ति होमिएको सन्देश दिन सफल भएको युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष कृष्ण थापाले बताए।

प्रकाशित: Sep 04, 2022| 19:34 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।