बिहीबार, असार ४, २०८३

बुटवलमा केएफसीको नयाँ आउटलेट

केएफसीको नयाँ आउटलेट बुटवलमा खुलेको छ। बुटवल उपमहानगरको सुख्खानगरस्थित भाटभटेनी भाटभटेनी डिपार्टमेन्टल स्टोरको छेउमा केएफसीको नयाँ आउटलेट खुलेको हो।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- केएफसीको नयाँ आउटलेट बुटवलमा खुलेको छ। बुटवल  उपमहानगरको सुख्खानगरस्थित भाटभटेनी भाटभटेनी डिपार्टमेन्टल स्टोरको छेउमा केएफसीको नयाँ आउटलेट खुलेको हो। 

National life

नेपालमा केएफसीको यो चौधौं आउटलेट हो। पछिल्लो समय केएफसीले काठमाडौं बाहिरका सहरमा पनि आउटलेट विस्तारमा तीव्रता दिएको छ।

नेपाल प्रवेश गरेको एक दशकसम्म उपत्यकामा आउटलेट विस्तार गरिरहेको केएफसी काठमाडौं बाहिर पोखरा र भरतपुरमा मात्र सीमित थियो। तर पछिल्लो समय भने केएफसीले आक्रामक विस्तार गरिरहेको छ।

काठमाडौं बाहिरका मुख्य सहरमा आउटलेट विस्तार गर्ने योजनाअनुसार केएफसी अघि बढेको छ। काठमाडौं बाहिरका सहरमा मान्छेहरूको आयस्रोत बढेको र उच्चमध्यम वर्गको विकास हुँदै गएपछि ठूला होटल तथा रेष्टुरेन्टको विस्तार बढ्दै आएको छ।

स्वदेशी लगानीकै ठूला चेन होटल तथा रेष्टुरेन्टको विस्तार तीव्र भएको बेला बहुराष्ट्रिय ब्रान्ड केएफसीको पनि विस्तार भएको हो। काठमाडौं उपत्यकामा केएफसीका ८ वटा आउटलेट छन्। दरबारमार्ग, थापाथली, बौद्ध, पुल्चोकको लबीमा मल, महाराजगञ्जको भाटभटेनी, ठिमीको भाटभटेनी, कलंकी र नक्सालमा केएफसीका आउटलेट छन्। पोखराको लेकसाइड र भरतपुरको सिजी ल्यान्डमार्कमा पनि आउटलेट सञ्चालित रहेका छन्।

Shivam cement

अमेरिकी  ब्रान्ड केएफसी र पिज्जाहटको पहिलो आउटलेट सन् २०१० देखि काठमाडौंमा खुलेको थियो। भारत लगायतका देशहरूमा देवयानी इन्टरनेशनले भारतले केएफसी, पिज्जाहट लगायतका फ्रेन्चाइजीको व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ। सन् १९३० देखि सुरु भएको केएफसी अहिले संसारकै लोकप्रिय चिकेन रेष्टुरेन्ट चेनका रुपमा रहेको छ। क्रिस्पी,ग्रिल्ड लगायतका कुखुराको मासुका विभिन्न परिकार यसका सिग्नेचर मेन्युमा पर्छन्। संसारका ११८ देशमा १८ हजार ८७५ केएफसी रेष्टुरेन्ट छन्। 


प्रकाशित: Sep 04, 2022| 20:35 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्