शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रामदेव तेलद्वारा कुशे औँसी योजनाका विजेतालाई पुरस्कार वितरण

रामदेव तेलद्वारा कुशे औँसी योजनाका विजेतालाई पुरस्कार वितरण

रामदेव तेलले बुवाको मुख हेर्ने दिन कुशे औँसीको उपलक्ष्यमा आयोजना गरेको कमेन्ट एण्ड विन योजना सहभागी भई लक्की ड्रमार्फत पुरस्कार जित्ने प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- रामदेव तेलले बुवाको मुख हेर्ने दिन कुशे औँसीको उपलक्ष्यमा आयोजना गरेको कमेन्ट एण्ड विन योजना सहभागी भई लक्की ड्रमार्फत पुरस्कार जित्ने प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेको छ। 

कम्पनीले कुलेश्वरमा शुक्रबार एक समारोहका बीच पुरस्कार वितरण गरेको हो। लक्की ड्रमार्फत विजेता हुन सफल भएका दुई जनाले जनही १-१ कार्टुन रामदेव सनफ्लावर तेल प्राप्त गरेका छन्। प्रतियोगितामा विजेता काठमाडौंकी करुणा पाठक र दिपा ताम्राकारका आफन्तलाई रामदेव तेलका बजार प्रबन्धक विनोद श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए।

गणपति वनस्पति प्रालिले रामदेव ब्राण्डको सनफ्लावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ।


प्रकाशित: Sep 04, 2022| 20:05 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्