बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फोनपेले पायो ‘एक्सिलेक्स इन फिनटेक इनोभेशन २०२२’ अवार्ड

फोनपेले पायो ‘एक्सिलेक्स इन फिनटेक इनोभेशन २०२२’ अवार्ड

नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड भिसाको ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित भएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड भिसाको ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित भएको छ। भिसा लिडरसिप कन्क्लेभ-पेमेन्ट्स् इनोभेशन फर डिजिटल नेपालको आयोजनामा भएको एक कार्यक्रममा फोनपेलाई सम्मानित गरिएको हो।

National life

यस कार्यक्रमा सहजीकरण भिसाका लागि नेपाल प्रमुखले गरेका थिए। कार्यक्रममा राष्ट्रबैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाको उपस्थिती रहेको थियो। सो कार्यक्रममा डिजिटल नेपाल निर्माणमा योगदान दिन अन्य कम्पनीहरुलाई सम्मान गरिएको थियो। 

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका  मोबाइल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ। फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आवद्ध छन्। यस्तै फोनपेमा हालसम्म ७ लाख  भन्दा बढि मर्चेन्ट रहेका छन्। एक करोड  ४० लाख भन्दा धेरै मोबाइल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ। 


प्रकाशित: Sep 04, 2022| 19:45 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्