काठमाडौं- सामसङ इकोसिस्टमले सदा स्वस्थ, लायक बनाइ राख्न चाहने आफ्ना ग्राहकहरुको लागि आफूलाई अद्यावधिक गराइरहने बताएको छ।
आवश्यकताले होस् या स्टाइलले होस्, ग्राहकहरु सदैव अद्यावधिक गरिरहन्छन् र आफ्ना डिभाइसहरुबाट त्यसको माग गरिरहन्छन्। यही भएर नै ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न सामसङले अनुसन्धान कार्यलाई जारी राख्दै विभिन्न अवयवहरुलाई अझ उत्कृष्ट बनाउने गरेको छ।
सामसङ इकोसिस्टममा जोडिएका सम्पूर्ण नयाँ संस्करणहरुमा नयाँ ग्यालेक्सी बड्स २ प्रो र ग्यालेक्सी वाच ५ र वाच ५ प्रो रहेका छन्, जुन हालसालै मात्र नेपालमा पेश गरिएको छ। दुवै उपकरणहरुले सामसङले निर्माण गरेको विद्यमान इकोसिस्टमको स्तरोन्नति गरेको छ। दुवै वाच ५ र वाच ५ प्रोमा शरीर संरचना मापन गर्ने यन्त्र जडान गरिएको छ, जसले प्रयोगकर्ताहरुलाई वर्कआउटहरु वा प्रशिक्षणद्वारा आफ्नो व्यक्तिगत लक्ष्य तोक्न सहयोग गर्दछ। यस्तै तपाईं विछ्यौनाबाट लड्नु भएमा वा ठेस लागेमा तपाईंले आकस्मिक कलको लागि सम्पर्कमा राख्नु भएकालाई त्यसको जानकारी दिने यन्त्र पनि यसमा राखिएको छ। यसैगरी तपाईं निदाउनु भएको स्कोरको ट्रयाक राख्ने, तपाईंको आरामको समय बढाउने जस्ता विशेषताहरुका साथै तपाईंको निन्द्रा खलबलिन नदिन बत्ति, एसि र टिभी समेतको तालमेल मिलाउने स्मार्ट थिङ्स एप पनि यसमा रहेका छन्।
ग्यालेक्सी वाच ५ प्रोले आफ्ना ग्राहकहरुलाई बाहिरी अनुभवहरु संगाल्न मद्दत गर्दछ, चाहे त्यो हाइकिङ्ग होस् या साइक्लिङ्ग। वाच ५ प्रो हरेक चुनौतीहरुका लागि तयार रहने गरी बनाइएको छ। यो नच्यातिने गरी डि बकल स्पोर्टस् ब्याण्डको साथमा धेरै टिकाऊ र स्लीक हुने गरी टाइटेनियम आवरणमा उपलब्ध छ । तपाईंले यी सबै विशेषताहरु आफ्नै व्यक्तिगत तवरमा मोडल, आकार, आवरण रङ्ग र स्ट्रयापमा १०३२ भिन्न भिन्न संयोजनहरु मध्येबाट छान्न सकिने कम्पनीले जानकारी दिएको छ।