शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल वेयर हाउजिङको सेयर बिक्री प्रबन्धक हिमालयन क्यापिटल

नेपाल वेयर हाउजिङको सेयर बिक्री प्रबन्धक हिमालयन क्यापिटल

हिमालयन क्यापिटल लिमिटेडले नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको सेयर बिक्री प्रबन्धक सेवा दिने भएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- हिमालयन क्यापिटल लिमिटेडले नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको सेयर बिक्री प्रबन्धक सेवा दिने भएको छ। वेयर हाउजिङको जारी पुँजीको २० प्रतिशतबराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न दुई कम्पनीबीच सम्झौता भएको छ।

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्कासन कम्पनी नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कृषि क्षेत्रको आधुनिकीकरणका निम्ति समयानुकूल कृषिउपज भण्डारण सेवा प्रदान गर्न नेपाल वेयर हाउजिङ कम्पनीमा नेपालका व्यावसायिक घरानाहरू र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरूको लगानी रहेको छ। कम्पनीले प्रदेश नं १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिकटनका आधुनिक साइलोहरूमार्फत कृषकहरूलाई अन्न भण्डारणको सुविधा प्रदान गर्नेछ।


प्रकाशित: Sep 04, 2022| 19:25 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्