शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सन्‌राइज बैंक ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन २०२२’ अवार्डबाट सम्मानित

सन्‌राइज बैंक ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन २०२२’ अवार्डबाट सम्मानित

सन्‌राइज बैंक भिजाबाट ‘एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२’अवार्डबाट सम्मानित भएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- सन्‌राइज बैंक भिजाबाट ‘एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२’अवार्डबाट सम्मानित भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा।निलम डुंगानाको समुपस्थितिमा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको थियो।

बैंकले सहकारी सदस्यहरुलाई भिसा नेर्टोक भित्र समावेश गरी डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नविनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको हो।

नेपालमै पहिलो पटक मिस्डकल गरेर बत्तिको पैसा तिर्ने सुविधा समेत बैंकले दिदै आएको छ। यसका साथै समय साप्रेक्षरुपमा प्रविधि युक्त विभिन्न सेवा सुविधाहरु समेत दिदै आएको छ जस्मा आफ्नै फोटो राख्ने डेबिट कार्ड र मिस्डकल रिचार्ज आदि हुन्। हाल बैंकले आफ्ना ग्राहकहरूलाई ३ लाख भन्दा बढी भिसा कार्डहरू जारी गरेको छ। बैंकले १३९ वटा शाखा,९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए।टि।एम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित: Sep 04, 2022| 18:45 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्