आइतबार, जेठ ३१, २०८३

नबिल बैंकले पायो ‘भिसा एक्सिलेन्स अवार्ड-२०२२’

नबिल बैंकले ‘एक्सलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन इ-कमर्स एक्वाइरिङ बिजनेस २०२२ अवार्ड २०२२’ जितेको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९
National life
Shivam cement

काठमाडौं- नबिल बैंकले ‘एक्सलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन इ-कमर्स एक्वाइरिङ बिजनेस २०२२ अवार्ड २०२२’ जितेको छ। भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ - पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ मा नबिललाई सो अवार्ड प्रदान गरेको हो।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नबिल टोलीका सबै सदस्यहरूलाई उनीहरूको समर्पणप्रति कृतज्ञता व्यक्त गर्दै बधाई दिँदै भने, 'नबिलले सधैं नेपालको पहिलो डिजिटल बैंक बन्नको लागि प्रयास गरेको छ र हाम्रो अथक प्रयासको लागि मान्यता पाउँदा हामी खुसी छौं।' उनले भने, 'हामीले हाम्रा मूल्यवान ग्राहकहरूका लागि डिजिटल समाधानहरू प्रवर्द्धन गर्न सधैं ध्यान केन्द्रित र लगानी गरेका छौं र यस्तो मान्यताले हामीलाई डिजिटल डोमेन मार्फत ग्राहकको अनुभव अभिवृद्धि गर्न थप काम गर्न उत्प्रेरित गर्नेछ।'


प्रकाशित: Sep 04, 2022| 18:25 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्