शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट र पतञ्जलीको को–ब्राण्डेड क्रेडिट कार्ड सुरुवात

एभरेष्ट र पतञ्जलीको को–ब्राण्डेड क्रेडिट कार्ड सुरुवात

एभरेष्ट बैंक र पतञ्जली आयुर्वेद नेपालले को–ब्रण्डेड क्रेडिट कार्डको सुरुवात गरेका छन्। स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रूपमा उक्त कार्डको सुरुवात गरेका हुन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- एभरेष्ट बैंक र पतञ्जली आयुर्वेद नेपालले को–ब्रण्डेड क्रेडिट कार्डको सुरुवात गरेका छन्। स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रूपमा उक्त कार्डको सुरुवात गरेका हुन्।

कार्डबाट उपभोक्ताले चाडपर्वको अवसरमा पतञ्जलीका सामानको खरिदमा विभिन्न नगद फिर्ता, बिमाका साथै अन्य थुप्रै सुविधा पाउने छन् भने सुरुआती ३ महिनाको लागि बीमा शुल्कमा ५० प्रतिशत छुट हुने भएको छ।  

कार्यक्रममा पतञ्जलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले उक्त कार्डबाट पतञ्जलीले ग्राहकलाई निकै फाइदा पुग्नुका साथै बैंकले पनि उनीहरूका आवश्यकता पूरा गर्ने विश्वास व्यक्त गरे।  साथै स्वामी रामदेव बाबाले उक्त सुविधाबाट विभिन्न नगद फिर्ता, बिमा र अन्य सुविधाले गर्दा ग्राहकहरूलाई खर्च व्यवस्थापनमा निकै टेवा पुग्ने विश्वास व्यक्त गरे।


प्रकाशित: Sep 04, 2022| 18:15 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्