काठमाडौं- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले दशैंको अवसरमा आफ्ना ग्राहकहरूका लागि ‘दशमी अफर’ ल्याएको छ। एक महिना लामो दशमी क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि लक्कीड्रमा प्रत्यक्ष सहभागी भई उपहारहरू जित्ने मौका पाउने छन्।
शाओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष दशमी अफर ल्याएको बताएको छ। यो क्याम्पेनअन्तर्गत एक भाग्यशाली विजेताले ‘मि’ को ४एस ६५ इन्चको टिभी, चारजनाले ‘मि’को ४३ इन्चको टीभी र दैनिक १० जना भाग्यशाली ग्राहकले बुड ३ लिट, मोसन नाइट लाइट र नेकबेण्ड प्रोमध्ये कुनै एक जित्ने मौका पाउने छन्।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले नेपालमा शाओमी लन्च भएदेखि नै ‘मि’ फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएको बताए। कम्पनीका उत्पादनहरूमा उच्च मापदण्डहरू सेट गर्न सधैँ प्रोत्साहित गरेको पनि उनले बताए।यो अफर दराज र सस्तो डिलमा पनि लागु हुने बताइएको छ।