शुक्रबार, असोज ९, २०८३

कोकाकोला 'जीरो सुगर' नयाँ प्याकमा

कोकाकोला नेपालले जीरो सुगरमा आरजीबी (रिटर्नेबल ग्लास बोतल) बजारमा ल्याएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- कोकाकोला नेपालले जीरो सुगरमा आरजीबी (रिटर्नेबल ग्लास बोतल) बजारमा ल्याएको छ। जीरो सुगर र क्यालोरीबिना ओरिजिनल कोकाकोला स्वादको रिफ्रेसमेन्ट चाहने उपभोक्तालाई लक्षित गरेर यो नयाँ प्याक बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

कोकाकोला जीरो सुगर आरजीबी बोतल काठमाडौंका विभिन्न किराना पसल र खाजा घरहरुमा ४० रुपैयाँमा २५० मि.लि.को ‘रिटर्नेबल’ बोतलमा उपलब्ध छ। कोकाकोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले उपभोक्ताका लागि हरेक परिस्थितिमा उपयोग गर्न मिल्ने किसिमको विविधता प्रदान गर्दै लैजाने प्रतिबद्धता जनाए।

‘जीरो क्यालोरीमा कोकाकोलाकै ओरिजिनल रिफ्रेसमेन्ट चाहने उपभोक्ताहरुको लागि यो अत्यन्तै उपयुक्त रोजाइ हो’ उनले भने। कोकाकोला जीरो सुगरको नयाँ आरजीबी प्याक २५० मिलिमा उपलब्ध छ। साथै यसको पेट प्याक २५० र ५०० मिलिमा उपलब्ध छ।


प्रकाशित: Sep 04, 2022| 18:04 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्