शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सात क्यासिनोलाई सात दिनभित्र कर तिर्न काठमाडौं महानगरको पत्र

सात क्यासिनोलाई सात दिनभित्र कर तिर्न काठमाडौं महानगरको पत्र

काठमाडौं महानगरपालिकाले ७ दिनभित्र मनोरञ्जन कर तिर्न सातवटा क्यासिनोलाई चेतावनी दिएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं महानगरपालिकाले ७ दिनभित्र मनोरञ्जन कर तिर्न सातवटा क्यासिनोलाई चेतावनी दिएको छ। महानगरले महानगरको राजस्व ऐनअनुसार कारबाही गरिने चेतावनीसहित आइतबार क्यासिनोहरुलाई पत्राचार गरेको हो।

महानगरका अनुसार होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेसनल एण्ड रिक्रिएसन, होटल सोल्टीको माजोङ र मल्ल होटलको बेली क्यासिनोले ४ वर्षदेखि बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर तिरेका छैनन्।

प्रदेश आर्थिक ऐनले तोकेको दररेट र सोको जरिवानसहित ७ दिनभित्र कर चुक्ता नगरे महानगरले राजस्व ऐनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ। राजस्वको ६० प्रतिशत महानगर र ४० प्रतिशत प्रदेशमा दाखिला गर्नुपर्ने बागमती प्रदेशको आर्थिक ऐनमा प्रावधान छ।



प्रकाशित: Sep 04, 2022| 17:31 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्