विराटनगर– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी मोरङ क्षेत्र नम्बर ४ बाट सर्वसम्मत सिफारिस भएका छन्।
आइतबार विराटनगरमा बसेको प्रदेश समितिको विस्तारित बैठकले मोदीको नाम एकल रूपमा सिफारिस गरिएको क्षेत्रीय संयोजक ताजिम अन्सारीले जानकारी दिए।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा मोदीले कांग्रेस नेता महेश आचार्यलाई पराजित गरेका थिए।