बिहीबार, साउन २१, २०८३

काठमाडौं आइपुगे भारतीय सेना प्रमुख

भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपरान्ह नेपाल भ्रमणका लागि यहाँ आइपुगेका हुन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं– भारतीय सेना प्रमुख मनोज पाण्डे काठमाडौं आइपुगेका छन्। प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाण्डे आइतबार अपरान्ह नेपाल भ्रमणका लागि यहाँ आइपुगेका हुन्। ११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। 

नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधानसेनापति शर्मासँग द्विपक्षीय वार्ता गर्ने छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको पदवी लिने पनि कार्यक्रम छ। नेपाल र भारत दुवै मुलुकले एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिँदै आएका छन्। 

नेपाल भ्रमणका क्रममा पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ।


प्रकाशित: Sep 04, 2022| 17:05 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...