शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौं राष्ट्रिय खेलकुदका लागि बागमतीबाट फेन्सिङका खेलाडी छानिए

नवौं राष्ट्रिय खेलकुदका लागि बागमतीबाट फेन्सिङका खेलाडी छानिए

गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ जना फेन्सिङ खेलाडीको छनोट भएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ जना फेन्सिङ खेलाडीको छनोट भएको छ। काठमाडौं फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलातर्फ १२ खेलाडी छनोट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले बताएका छन्।

triton college

पुरुष फोयल इभेन्टमा सञ्जीप लामा, नारायण गौतम, पुरुषोत्तम खत्री, आर्यन कार्की रहेका छन् । ईपीमा ओमकार सिंह, भिष्मराज दाहाल, राहुल दर्शन र गगन राई तथा सावर इभेन्ट्समा पायष योञ्जन, सोयबमान श्रेष्ठ, अमिर रायमाझी र साश्वत परियार छनोट भएको संघले जनाएको छ। 

महिलाको फोयलतर्फ सुजाता कुँवर, गोमा आचार्य, संगिता लम्साल र अश्मिता घिसिङ रहेका छन्। ईपी तर्फ उषा खड्का, अलिषा अधिकारी, करुणा खड्का र पेमा योञ्जन तथा सावरमा शिक्षा नापित, सोफिया चन्द, बिनिता कार्की र आकी प्रजापति रहेका छन्।

छनोट भएका खेलाडीहरुलाई बागमती प्रदेश युवा  तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा बागमती प्रदेश सदस्य सचिव सूर्यला भण्डारी, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठ, महासचिव सुजन लाल श्रेष्ठ लगायतको उपस्थिति थियो।

प्रकाशित: Sep 04, 2022| 16:18 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।