मंगलबार, जेठ १९, २०८३

शंकर पोखरेल प्रदेशमा नदोहोरिने, दाङ-२ बाट एकल सिफारिस

नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ। दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलको नाम सिफारिस भएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ। दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलको नाम सिफारिस भएको छ।

National life

२०७४ सालको निर्वाचनमा प्रदेशसभामा निर्वाचित भएर मुख्यमन्त्री बनेका पोखरेल अब भने प्रदेशमा नबस्ने भएका छन्।

अहिले पोखरेल सिफारिस भएको क्षेत्रमा २०७४ मा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्वाचित भएका थिए। त्यतिखेर एमाले र माओवादीबीच चुनावी गठबन्धन भएको थियो। उनीहरू साझा घोषणापत्रका साथ निर्वाचनमा गएका थिए। 

एमालेले दाङको निर्वाचन क्षेत्र नं. ३ बाट तीन जनाको नाम प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गरेको छ। एमाले उपाध्यक्ष युवराज ज्ञवालीको नाम एक नम्बरमा सिफारिस गरिएको छ भने तुलसीपुर उपमहानगरपालिकाका यसअघिका मेयर तथा केन्द्रीय सदस्य घनश्याम पाण्डे र केन्द्रीय सदस्य कोमल वलीको नाम दोस्रो र तेस्रो नम्बरमा सिफारिस भएको छ।

निर्वाचन क्षेत्र नं. १ मा पनि प्रतिनिधिसभा सदस्य पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। एक नम्बरमा नेतृ शान्ता चौधरी, दुई नम्बरमा गंगा चौधरी र तीन नम्बरमा रेवतीरमण शर्माको नाम सिफारिस गरिएको छ। 

Shivam cement

प्रकाशित: Sep 04, 2022| 16:01 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।