शनिबार, मंसिर ६, २०८२

आईपीएलमा चेन्नईको कप्तानी धोनीले नै गर्ने

भारतमा अर्को वर्ष हुने १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सको कप्तानी महेन्द्र सिंह धोनीले गर्ने भएका छन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं– भारतमा अर्को वर्ष हुने १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सको कप्तानी महेन्द्र सिंह धोनीले गर्ने भएका छन्। अघिल्लो सिजन रविन्द्र जडेजालई कप्तानीको जिम्मेवारी दिइएको थियो। 

National life

तर, राम्रोसँग कप्तानी भूमिका निभाउन नसकेको भन्दै उनी आफैंले पदबाट राजीनामा दिएका थिए। त्यसपछि धोनीले टिमको कप्तानी सम्हालेका थिए। 

भारतीय राष्ट्रिय टिमबाट संन्यास लिइसकेका धोनीले यसपटकको आईपीएल खेल्ने विषयमा नै आशंका थियो। आईपीएल नै खेले पनि कुन क्लबबाट खेल्छन् भन्ने कुराको कुनै टुंगो लागेको थिएन। तर चेन्नई सुपर किंग्सका सीईओ काशी विश्वनाथले मिडियासँग कुरा गर्दै यस्तो बताएका हुन्। ʽधोनीले नै अर्को सिजनमा चेन्नईको कप्तानी गर्नेछन्। यो विषयमा कुनैपनि परिवर्तन आउने छैन,ʼ उनले भने।

सन् २००८ बाट सुरु भएको आईपीएलको पहिलो संस्करणमा पनि धोनीले चेन्नईको कप्तानी गरेका थिए। त्यसपछि उनले चेन्नईमा खेलेका सबै सिजनमा कप्तानी गरे। तर सन् २०२२ मा भने धोनीलाई कप्तानीबाट हटाएको थियो। जडेजाले कप्तानी गर्दा चेन्नईले आठ खेलमा मात्र दुई खेल जितेको थियो। त्यसपछि उनले कप्तानी पद छाडेका थिए।

धोनीले आफ्नो कप्तानीमा चेन्नईलाई चार पटक आईपीएलको उपाधि जिताइसकेका छन्। चेन्नईले अन्तिम पटक सन् २०२१ मा आईपीएलको उपाधि जितेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 04, 2022| 15:47 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।