आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चुनावपछिको प्रधानमन्त्रीबारे छलफल गर्ने बेला भएको छैन : प्रकाशशरण महत

चुनावपछिको प्रधानमन्त्रीबारे छलफल गर्ने बेला भएको छैन : प्रकाशशरण महत

'चुनावपछिको प्रधानमन्त्री अहिले छलफलको विषय होइन। कांग्रेस नेतृत्वदायी भूमिकामा रहन्छ। अहिले गठबन्धन सफल बनाउने हो,' प्रवक्ता महतले भने।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले चुनावपछि को प्रधानमन्त्री बनाउने भन्ने विषयमा छलफल गर्ने बेला अहिले नभएको बताएका छन्। अहिले गठबन्धन सफल बनाउन लाग्नुपर्ने बताउँदै प्रवक्ता महतले यस्तो उल्लेख गरेका हुन्। 

National life

'चुनावपछिको प्रधानमन्त्री अहिले छलफलको विषय होइन। कांग्रेस नेतृत्वदायी भूमिकामा रहन्छ। अहिले गठबन्धन सफल बनाउने हो,' प्रवक्ता महतले भने।

कांग्रेस-माओवादीको तालमेललाई एमालेले अलोकतान्त्रिक गठबन्धन भनेकोतर्फ लक्षित गर्दै उनले एमाले र माओवादी तालमेल गर्दा चाहिँ लोकतान्त्रिक हुने तर कांग्रेससँगको गठबन्धन कसरी अलोकतान्त्रिक भन्दै प्रश्न समेत गरेका थिए। वर्तमान सरकारले जनजीविकाका मुद्दामा राम्रो काम गरेको उनको दाबी थियो। 

प्रवक्ता महतको भनाइ जस्ताको तस्तै
माओवादी र कांग्रेसको विचार अलग छ गठबन्धन किन? भनेर विपक्षी नेताले प्रश्न उठाउनु भएको छ। एमाले कि लोकतन्त्रिक पार्टी होइन, होइन भने एमाले-माओवादीबीच गठबन्धन हुँदा स्वभाविक हुने? कांग्रेससँग गठबन्धन हुँदा अलोकतान्त्रिक हुने? कांग्रेस सबैलाई साथै लिएर हिड्ने पार्टी हो। हामीले माओवादीसँग वा अन्य दलसँग सहकार्य गर्नु सिद्धान्तबाट च्यूत भएको होइन। ओलीले यसमा कन्फ्युजन सिर्जना गर्न खोजे पनि पार लाग्दैन।

गठबन्धन गर्ने विषय पार्टीले निर्णय गरेको हो। सहमतिमै निर्णय भएको हो। नेता साथीहरूलाई पटकपटक भनेका छौं। असहमति भएका विषयमा केन्द्रीय समितिमा राखौं भनेका छौं। बाहिर काहीँ कतैले फरक मत राख्दा मतदाता कन्फ्युजनमा पर्छन्, त्यस्ता काम गर्न हुँदैन। अहिले यी कुरा कम भएको छ। डा शेखरहरूले पनि यो विषय टुंग्गिएको बताइसक्नुभएको छ।

Shivam cement

हामीले गठबन्धन नगरे अरूले गर्छन्। ओलीजीहरू त्यसमा लागिरहनुभएको छ। कांग्रेसले गठबन्धन नगरोस्, हामी गर्छौं भन्ने कुरा ठिक होइन। पार्टीभित्रका महत्वकांक्षा व्यवस्थापन गर्न चुनौती छ। हामी परिणाम ल्याउने कुरामा केन्द्रित छौं। धेरै ठाउँमा उम्मेदवारी दिने भन्दा पनि धेरै सिट जित्ने कुरा महत्त्वपूर्ण हो। यो भावनात्मक कुरन मात्र होइन रणनीतिक कुरा हो। गठबन्धन गर्ने कुरा जटिल छ। गठबन्धनमा सहभागी दलको माग ज्यादा छ। वास्तविक धरातलमा उभिएर सिट बाँटफाँट हुन्छ। हामीले पनि यति नै नभई हुँदैन भन्ने कुरा छैन। अन्य दलले पनि ग्राउन्ड रियालिटी हेरेर माग राख्नुपर्छ। अस्वभाविक भाग खोज्ने र लिने अवस्था बन्दा भोट ट्रान्सफर हुँदैन। यसमा ढिलोचाँडो टुंगिन्छ।

डडेल्धुरालगायतका जिल्लामा गठबन्धन हुने नहुने कुरा त्यहाँका नेता कार्यकर्ताको कुरा हो। त्यो कुरा सभापति देउवाको कुरा होइन। बलियो भएको स्थानमा हामीले गुमाउनु हुँदैन भन्ने कुरा अस्वभाविक होइन। 

भातृसंस्था र शुभेच्छुक संस्था समयमा बनाउनसकेको भए निर्वाचन परिचालनसमा सहयोग हुन्थ्यो, केन्द्रमा समितिले पूर्णता नपाएपनि जिल्लामा संरचना छ। त्यसलाई परिचालन गर्छौं। यही कारणले निर्वाचन परिचालनमा प्रतिकूल असर पर्दैन।

बाबुराम, वामदेवजीको कुरा पनि गठबन्धनमै सहमति बन्छ। आवश्यकताको सिद्धान्तका आधारमा निर्णय हुन्छ। लोसपाले पनि इच्छा देखाएको छ। तर, यसै हुन्छ भन्ने निर्णय भइसकेको छैन। 

स्वतन्त्र उम्मेदवारी दिने कुरा नयाँ कुरा होइन। पहिले पनि जितेकै छन्। यो नयाँ कुरा होइन। अहिले हरेक ठाउँमा स्वतन्त्रले उम्मेदवारी दिने कुरा छ। नजिकबाट यसलाई नियालेका छौं। यो प्रवृत्ति किन देखियो भनेर हेरिरहेका छौं। 

नेपालमा लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुन जरूरी छ। स्वतन्त्र उम्मेदवारका नाममा कांग्रेस कमजोर बनाउन सक्ने अवस्था पनि हुन्छ। यद्यपि स्वतन्त्र उम्मेदवारी दिन पाउने अवस्था पनि कांग्रेसले बनाएको हो। स्वतन्त्र उम्मेदवारलाई हामी सम्मान गर्छौं। 

हामीले कतिपय कुरा हामीले गर्न सकेका छैनौं। एउटै पार्टीले बहुमत ल्याउने अवस्था छैन। यो समस्याको बिचमा हामीले काम गरिरहेका छौं। जुन बेलामा कांग्रेस सत्तामा आएको छ। त्यो बेला पारदर्शिताको कुरामा, विकास र समृद्धिको कुरामा भेदभाव रहित राज्य संचालनका हिसाबमा हामीले नम्बर १ काम गरेका छौं।

चुनावपछिको प्रधानमन्त्री अहिले छलफलको विषय होइन। कांग्रेस नेतृत्वदायी भूमिकामा रहन्छ। अहिले गठबन्धन सफल बनाउने हो। गठबन्धनको भागबन्डा नटुंगी टिकट वितरण हुँदैन। गठबन्धनको टुंगो नलागी टिकट वितरण हुँदैन। 

विजयकुमार गच्छदार भ्रष्टाचारको अभियोगमा दोषी प्रमाणित भइसकेको व्यक्ति होइन। उहाँ जोडिएको त्यो प्रकरण मन्त्रिपरिषद्को निर्णय हो। प्रस्ताव उहाँले लगेको हो। माधव नेपालले प्रधानमन्त्री हुनुहुन्थ्यो। क्याबिनेटले निर्णय गरेको छ। गच्छदारमाथिको आरोपमा अदालतमा मुद्दा छ। 

आलमजीको पनि मुद्दा अदालतमा छ। फैसला नहुन्जेल हामीले यसै हो भनेर कार्यकर्तालाई उम्मेदवारी सिफारिस गर्नबाट रोक्न सकिँदैन। अहिले भएको त्यही हो। विचाराधीन मुद्दामा निष्कर्ष निकालेर यसै हो भन्न हुँदैन।


प्रकाशित: Sep 04, 2022| 15:33 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...