शनिबार, मंसिर ६, २०८२

भलिबल संघको अध्यक्षमा चन्दको पनि उम्मेदवारी

नेपाल भलिबल संघ(एनभीए) का वर्तमान महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- नेपाल भलिबल संघ(एनभीए) का वर्तमान महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्। भदौ २२ गते काठमाडौंमा हुन लागेको संघको निर्वाचनका लागि उनले पत्रकार सम्मेलन गर्दै उम्मेद्वारी घोषणा गरेका हुन्। चन्दले पछिल्ला दुई कार्यकालमा महासचिवको जिम्मेवारी सम्हालेका छन्। 

National life

यसअघि नै हालकी उपाध्यक्ष निरोज मास्केले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेकी छन्। विसं २०४४ सालबाट महेन्द्रनगरबाट भलिबल सुरु गरेका हुन्। उनले २०४५ सालमा भएको राष्ट्रिय खेल खेलेका थिए। उनले १९९५ देखि सन् २००६ सम्म सक्रिय रुपमा भलिबल खेलेका छन्।

‘उतिबेला अन्तर्राष्ट्रिय खेलबाट मैले आफ्नो हात झिकेँ। आफ्नै हिसाबले खेल्न छोडेँ। अनि मैले बिजनेस सुरु गरेँ, कलेजमा काम गर्न थालेको हो,’ अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्दै चन्दले थपे, ‘२०६६ को पाँचौ साधारण सभावमा म महासचिवको उम्मेदवार भएँ। त्यहाँ म त स्वतन्त्र 'क्यान्डिडेट' भएर जितेँ। अध्यक्ष पदमा काम गर्न सक्षम भएको छु। सबैले मलाई विश्वास गर्नुहुन्छ भन्ने अपेक्षा छ।’

एनभीए सदस्य इन्दिरा निरौलाले चन्दलाई विश्वास गर्न अनुरोध गरेकी थिइन्। ‘उहाँ(चन्द)ले तीन जना अध्यक्षको पालमा उहाँले काम गरिसक्नु भएको छ। अन्तर्राष्ट्रिय मञ्चमा खेलाडी गएरर खेल्न सक्ने वातावरण उहाँले नै बनाउनु भएको हो,' उनले भनिन्, ‘२७ वर्ष भएछ उहाँका डेडिकेसन देखेको। पछिल्लो चार वर्षमा राम्रो गर्नुभएको छ। पुरुषलाई ४२ वर्षमा अन्तर्राष्ट्रिय स्तरमा मेडल दिलाउन सहयोग गर्नुभएको छ।’

प्रकाशित: Sep 04, 2022| 15:04 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।