शुक्रबार, असोज ९, २०८३

नेपाली बजारमा बढ्यो सुनको मूल्य

आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदीकै मूल्य बढेको जनाएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं- आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदीकै मूल्य बढेको जनाएको छ।

जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ थियो।

पछिल्लो समय निरन्तर घट्न लागेको सुनचाँदीको मूल्य आज भने बढेको हो। भदौ महिनाको पहिलो साता तोलामा ९६ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घटिरहेको छ। त्यसयता आजसम्ममा सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँ घटिसकेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। गत साताको शुक्रबार तोलामा ११ सय ५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले बढेको हो। यससँगै, आज प्रतितोला ११ सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ।

प्रकाशित: Sep 04, 2022| 11:06 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्