शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सुनमाया सुनाउँछिन् – चोटपछि मोन्ट ब्लंकमा दोस्रो हुँदाको खुसी कसरी बयान गरौं !

सुनमाया सुनाउँछिन् – चोटपछि मोन्ट ब्लंकमा दोस्रो हुँदाको खुसी कसरी बयान गरौं !

यूटीएमबी विश्व च्याम्पियनसिपअन्तर्गतको सय किलोमिटर दौडमा जुम्लाकी सुनमाया बुढाले फ्रान्समा दोस्रो उपाधि जितिन्। पाँच वर्षअघि मीरा राईले स्वर्ण जितेकै ट्र्याकमा दौडिएर रेकर्ड तोड्दै उनी दोस्रो बनेकी हुन्।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

काठमाडौं– यूटीएमबी विश्व च्याम्पियनसिपअन्तर्गतको सय किलोमिटर दौडमा जुम्लाकी सुनमाया बुढाले फ्रान्समा दोस्रो उपाधि जितिन्। पाँच वर्षअघि मीरा राईले स्वर्ण जितेकै ट्र्याकमा दौडिएर रेकर्ड तोड्दै उनी दोस्रो बनेकी हुन्।

National life

पछिल्लो प्रतियागितामा यो ट्र्याकमा रेकर्ड राखिएको भन्दा एक घण्टा छिटो  (१४ घण्टा ४५ मिनेट) दौडिएर उनले कोर्स रेकर्डसमेत तोडेकी थिइन्। तर फ्रान्सकै ब्लान्डिन एल हिरोन्डेलले सुनमायाभन्दा २१ मिनेट छिटो दौडिएर सबैभन्दा छिटो दौडिने खेलाडीको कीर्तिमान भने आफ्नो नाम गरेकी छन्।

‘मलाई लागेको थिएन कि म त्यति अघि छु भनेर। म शीर्ष १० भित्र पर्न चाहन्थेँ। तर तीन स्टेसन बाँकी हुँदा मेरो साथीहरुले म तेस्रो स्थानमा रहेको सुनाउनु भयो,’ नेपाल फर्किएपछि सुनमायाले सुनाइन्।

उनले बाँकी रहेको दौडमा आफ्नो पूरा शक्ति खर्चिइन् र एक स्थान अघि रहेर दौड पूरा गरिन्। ‘मैले खोजेको चाहिँ पहिलो हुने नै हो। तर सकिएन। अन्तिममा मेरो अगाडि दौडिरहेका दुईमध्ये एक जनालाई चाहिँ उछिन्न सकेँ एक जनालाई चाहिँ सकिन,’ उनले भनिन्।

सुनमायालाई लाग्छ अब अर्को दौडमा अझै धेरै मिहिनेत गर्नुपर्ने छ र उपाधि हात लिनुपर्ने छ। ट्रेल रनिङ रेसमा केहि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा गएर उपाधि जित्ने गरिरहेका छन्। त्यसैमध्येकी हुन् सुनमाया। उनले अहिलेसम्म ओमन यूटिएमबी, तेन्जिङ हिलारी एभरेस्ट म्याराथन, पाथिभरा म्याराथन, यूटीएमबी थाइल्यान्ड, जुम्ला रारा अल्ट्रा रेसलगायतमा सहभागी बनेर कतिपय प्रतियोगितामा उपाधिसमेत जितिसकेकी छन्।

Laxmi sunrise bank
kumari

उनलाई लाग्छ सुरुमा गोदावारी ट्रेल रेसमा दौडिएपछि नै उनको ट्रेल रनिङको करिअर सुरु भएको हो। त्यसपछि २०१७ मा मोन्ट ब्लांकमा दौडिन उनी पनि पुगेकी थिइन्। यो वर्ष भने दोस्रो स्थान नै जितिन्। त्यो पनि त्यसअघिका संस्करणहरुको कोर्स रेकर्ड तोड्दै।

अन्य प्रतियोगिताको तुलनामा पनि फ्रान्सको मोन्ट ब्लंक विषेश प्रकारको च्याम्पियनसिप हो। ‘यसमा विश्वकै एलिट खेलाडीहरु सहभागी हुने गरेका छन्। उनीहरुसँग दौडिएर दोस्रो हुँदाका अनुभव त म बयानै गर्न सक्दिन,’ नेपाल समयसँगको कुराकानीमा उनले भनिन्।

यो प्रतियोगिता उनलाई यसअर्थमा पनि महत्वपूर्ण थियो कि, थाइल्यान्डको प्रतियोगितापछि उनलाई चोट लागेको थियो। त्यो चोटबाट पनि उनलाई रिकभर हुनु थियो। लामो संघर्षपछि उनले चोटलाई समाधान गरिन्, अनि मात्र सहभागी बनेकी थिइन् फ्रान्सको त्यो प्रतियोगितामा।

उनलाई अहिले प्रतियोगितामा सहभागी बन्नका लागि नर्थ फेसले सहयोग गरिरहेको छ। उनको डाइटिङदेखि, अभ्यास, किट र प्रतियोगितामा सहभागिताको लागि चाहिने सामान नर्थ फेसले दिने गरेको छ।

‘अघिल्दो वर्षको अप्रिलतिर मात्र नर्थफेसको टिममा ज्वाइन भएको हो। नर्थ फेसका प्रशिक्षकले नै अभ्यास गराउनु भयो। उहाँहरु प्रोफेसनल हुनुहुन्छ,’ उनले भनिन्। अहिले सुनमायालाई अष्ट्रेलियाका प्रशिक्षक एन्डी डुबोसिसले प्रशिक्षण गराइरहेका छन्। एन्डीले सुनमायालाई विदेशबाटै ह्वाट्सएपमा टास्क दिन्छन्। उनले त्यसलाई पूरा गर्नुपर्छ।

‘त्यो टास्कहरुबाट जुम्लामा तयारी गरेँ। हप्तामा एकपटक ह्वाट्सपमा प्लानहरु आउँथ्यो। त्यो प्लान पूरा रेपछि रिभ्यु दिनुपथ्र्यो। त्यो सकिएपछि अर्को प्लान दिनुहुन्थ्यो,’ उनले आफ्नो अभ्यासबारे सुनाइन्।

प्रकाशित: Sep 04, 2022| 10:19 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।